काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
अहिले बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दैछन्।
११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा केहीबेर अघि मात्र सुरु भएको हो।
राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए।
बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ।
एमालेको ११ औं महाधिवेशन शुक्रबार सकिएको थियो।
महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भए। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।