काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीन कार्ड चिट्ठा कार्यक्रम (डीभी लटरी) स्थगित गरेको घोषणा गरेका छन् ।
अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम रोक्न भनिएको दी गार्डियन अनलाइनमा संस्करणमा उल्लेख छ ।
यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत् प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ ।
यँही कार्यक्रममार्फत कयौं नेपाली अमेरिका पुगेका छन् । तर आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।