काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका हुन्।
‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ डा कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का समेत जन्मिएको छ।’
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए।
‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्, यसबारेमा सरकारले के सोचेको छ?,’ उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।