काठमाडौँ– नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ।
बैठक आज दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्।
यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।