काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ।
शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो।
निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ।
एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए।
यस्तो छ, विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।