काठमाडौं- विजयदशमीको आज चौथो दिन। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दसैंघर, विभिन्न शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ।
_x000D__x000D_
नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहेको छ।
_x000D__x000D_
सनातन हिन्दु धर्मावलम्बीहरूले नौ दिनसम्म दसैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूपा भगवतीको आराधना गर्दछन्।
_x000D__x000D_
नवरात्रको चौथो दिन शनिबार काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, संकटा, बज्रबाराही, नवदुर्गा लगायत देशैभरिका शक्तिपीठहरूमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ।
_x000D__x000D_
संस्कृतिविद् प्राडा माधव भट्टराई–
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।