काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।
बिहानदेखि नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो ।
मतगणनामा दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थिति छ ।
प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार नै अगाडि देखिन्छन् ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको टक्कर छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।