काठमाडौं – नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।
८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।
मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।