• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनप्रतिनिधि धनीरामलाई आर्थिक अभावले रिक्सा चालक बनायाे

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ०८:३०
1140x725

धनगढी- चुनावताका मतदातासामु जनताको जीवनस्तरमा सुधार ल्याउने वाचा गरे। विकासको सपना बाँडे। जनताको सुखदुःखमा साथ दिने कसम खाए। मतदाताले विश्वास गरे र उनलाई वडा सदस्यमा निर्वाचित गरे।

_x000D_ _x000D_

उनै जनप्रतिनिधि धनीराम चौधरी अहिले रिक्साचालक बनेका छन्। ४२ वर्षीय उनी स्थानीय चुनावमा लम्कीचुहा नगरपालिका वडा नम्बर ७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

_x000D_ _x000D_

तर, चुनावताका भनेको जस्तो सजिलो रहेनछ। आर्थिक अवस्था कमजोर भएका जनप्रतिनिधिलाई त चाहेर पनि सधैं जनताको सेवामा लाग्न कठिनाइ छ। त्यसैले अहिले उनी अटोरिक्सा चालक बनेका छन्।

_x000D_ _x000D_

भन्छन्, ‘चुनावताका जनताको बीचमा धेरै राम्रा काम गर्ने प्रतिबद्धता त गरियो तर काम गर्न सजिलो रहेनछ। म जस्ता आर्थिक अवस्था निकै कमजोर भएका जनप्रतिनिधिलाई त झन् गाह्रो।’ उनी अहिले अटोरिक्सा चलाएर नै परिवारको गुजारा चलाइरहेका छन्।

_x000D_ _x000D_

धनीराम तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडा सदस्य निर्वाचित भएका हुन्। आर्थिक अवस्था कमजोर भएकै कारण गत बैसाखमा ६ लाख ऋण लिएर उनले अटोरिक्सा किने। तर, जनप्रतिनिधिले यस्तो काम गर्नुहुन्न भन्ने मान्यताले आफूलाई निकै असहज भएको उनी बताउँछन्। ‘सुरुमा त गाउँका मान्छेले जनप्रतिनिधि भएर रिक्सा चलाएको भनेर कुरा समेत काटे,’ उनी भन्छन्, ‘त्यतिबेला दुःख पनि लाग्यो, तर पछि अरुका कुरामा ध्यान दिन छाडेँ।’ 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जनप्रतिनिधि हुँदैमा परिवारको लालनपालन भइहाल्ने भन्ने होइन। यही बोध गरेर आफूले अटोरिक्सा चलाउने निर्णय गरेको उनी बताउँछन्। अटोरिक्सा चलाउन थालेपछि भने उनले घर र छोराछोरीको पढाइ खर्चमा सहज भएको छ।

_x000D_ _x000D_

धनीरामले कमाइको केही प्रतिशत बचत पनि गरिरहेका छन्। भन्छन्, ‘दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुन्छ। दैनिक ५ सय रुपैयाँ किस्ताका लागि बचत गर्ने गरेको छु।’
_x000D_  
_x000D_ ६ महिनादेखि अटोरिक्सा चलाइरहेका वडा सदस्य धनीरामप्रति हेर्ने गाउँको दृष्टिकोण भने अहिले बदलिएको छ। अरु जनप्रतिनिधि पनि उनको कामको प्रशंसा गर्छन्। ‘अहिले अरु जनप्रतिनिधि मेरो कामको तारिफ गर्छन्। काम सानो ठूलो हुन्न भन्ने कुराले उनीहरू उत्साहित भएका छन्,’ उनी भन्छन्, ‘मलाई लागेको छ कि मैले राम्रो काम गरेको छु।’

_x000D_ _x000D_

जनप्रतिनिधि भएकाले उनले वडाका काममा पनि ध्यान दिनैपर्ने हुन्छ। ‘वडामा बैठक, छलफल तथा अरु समस्या आउँदा उपस्थित हुनै पर्छ’, उनी भन्छन्, ‘त्यसैले सधैं रिक्सा चलाउन पाउँदिन।’

_x000D_ _x000D_

धनीरामले कक्षा ८ सम्म पढेका छन्। आर्थिक कमजोरीका कारण आफूले थप पढ्न नसकेको उनी बताउँछन्। उनले चुनावताका लिएको १ लाख ५० हजार ऋण अझै तिर्न सकेका छैनन्।  

_x000D_ _x000D_

उनको ठूलो परिवार छ। घरमा श्रीमती, सासू-ससुरा र चार जना छोराछोरी छन्। आर्थिक अभावका कारण जेठी छोरीले ११ नपढ्दै पढाइ छाडिन्। ‘अटोरिक्सा चलाउन थालेपछि अहिले केही सहज त भएको छ,’ तर मासिक १५ हजार किस्ता र ब्याज पनि बुझाउनुपर्छ,’ उनले दुखेसो पोखे।

_x000D_ _x000D_

वडा सदस्य धनीराम स्थानीय सरकारले जनताको आयस्तर वृद्धि हुने कार्यक्रम सञ्चालनमा ध्यान दिनुपर्ने बताउँछन्। ‘जीविकोपार्जनका लागि नमुनाको रुपमा काम गर्न चाहनेलाई सरकारले प्याकेजमै कार्यक्रमको व्यवस्था गर्नुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
आज यस्तो छ दशभरको मौस
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै मंगलबार, कात्तिक २५, २०८२
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्