काठमाडौं– एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि डाटा इन्ट्रीको काम सकिएको छ ।
निर्वाचन आयोगले हिजो तयारी गरिएको हलसमेत परिवर्तन गरेर भृकुटिमण्डपको अर्को हलमा मतदानको तयारी गरिँदैछ ।
मेसिनमा प्राविधिक समस्या आएको भन्दै मंगलबार राति निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो । यता मतदाताहरु भने बिहानैदेखि लाइनमा लागेका छन् । एमालेले प्रयोग गर्न लागेको विद्युतीय मतदान मेसिन कम्पनी राम–लक्ष्मण इनोभेसनका लक्ष्मण प्रसाद रिमालका अनुसार फाइनल भनिएको नामावली पुन: परिर्वन भएपछि डाटा प्रोसेसिङ र इन्ट्री पुन:
गर्नुपरेपछि समय लागेको बताए ।
मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । उनका अनुसार एक मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । आयोगका अनुसार प्राविधिक समस्या नआए मतदान सकिन करिब १० घण्टा लाग्नेछ ।
मतदान सकिएको तीन घण्टामा परिणाम दिन सकिने आयोगको भनाइ छ । यस्तै मतदानका लागि प्रतिनिधिहरु लाइनमा लागेका छन् । हिजो राति लाइन बसे पनि अन्तिममा आएर मतदान स्थगित गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।