काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ।
काठमाडौँको नयाँबजारस्थित एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको हो।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ। पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो। बैठक भोलिसम्म जारी रहेछ।
बैठकमा बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, ओजस्वी भट्टराई, दुर्गा सोवलगायत नेताहरू पनि सहभागी छन्।
पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरूलाई शपथसमेत खुवाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।