• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वसन्तीकी आमा भन्छिन् – छोरीज्वाइँसँगै दसैं मनाउँला भन्ने थियो, अस्पतालमै बित्ने भो

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ००:३०
1140x725

‘छोरीको घर मात्र ५ मिनेटको दुरीमा छ। तर, माइतीको काख नजिकै भएपनि शत्रु लागेपछि कसैको केही लाग्दो रहेनछ।’, यो भनाइ नवलपरासी पूर्वस्थित कावासोती  नगरपालिका–१६, डन्डाबजारकी कल्पना परियार, ४६, को हो। बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षअघि पुग्दा उनी कालो रङको झोला बोकेर उभिइरहेकी भेटिइन्। गम्भीर तथा पीडा खेपेर बसिरहेझैं लाग्ने कल्पनाको अनुहारमा छोरी छिट्टै पहिलेकै अवस्थामा आउने आशासमेत सञ्चार भएको अनुभुत हुन्थ्यो।

_x000D_ _x000D_

खासमा उनी गत भदौ ८ गते चक्कु तथा एसिड प्रहारबाट गम्भीर घाइते भएकी छोरी वसन्ती परियारलाई भेट्न अस्पताल आएकी हुन्। तर, सघन उपचार कक्षमा उपचार भइरहेकोले छोरीलाई बरोबर भेट्न पाएकी छैनन् कल्पनाले। ‘जसरी अहिले नजिकै भएर पनि भेट्न पाएकी छैन। उसैगरी छोरीलाई आक्रमण भएको पनि धेरैबेर पछि मात्रै थाहा पाएकी हुँ।’, कल्पनाले घटना भएको दिन सम्झिइन्।

_x000D_ _x000D_

वसन्तीमाथि आक्रमण हुँदा कल्पना घटनास्थल नजिकै रहेको हाटबजारमा तरकारी बेच्दै थिइन्। तर, उनलाई थाहा थिएन की त्यो आक्रमण आफ्नै जेठी छोरीमाथि भएको हो भनेर।

_x000D_ _x000D_

आक्रमण हुनुअघि साँझ करिब ५ बजेतिर सोही हाटबजारमा आमाछोरीको भेट पनि भएको थियो। करिब डेढ घण्टा लामो सम्वादमा समेत जोडिएका थिए उनीहरु। ‘ए आज त आमा पनि तरकारी बेच्न आउनु भएको रैछ।’, वसन्तीले भेट भएपछि भनेको कुरा सम्झिँदै कल्पनाले भनिन्, ‘मैले पनि घर बस्न अल्छी लागेकाले तरकारी बेच्न आएको बताएँ। केहीबेर उसले तरकारी बेच्न पनि सघाएकी थिई।’

_x000D_ _x000D_

_x000D_ _x000D_

लामै भलाकुसारीपछि कल्पनाले साँझ पर्न लागेकोले वसन्तीलाई घर फर्किन भनेकी थिइन्। ‘वसन्तीले पनि ज्वाइँले तरकारीका बेर्ना लिएर आउनु भन्नुभएको बताइन् र ढिलो हुने भन्दै त्यहाँबाट हिँडेकी थिइन्।’, कल्पनाले छोरी छुट्टिँदै गर्दाको वार्तालाप सुनाइन्।

_x000D_ _x000D_

छोरी फर्किसकेपछि कल्पना भने तरकारी बेच्नमै अध्यस्त भइरहिन्। केहीबेरमा नै उनले डन्डाबजारमा एक महिलामाथि छुरी र एसिड छ्यापिएको खबर सुनिन्। तर, ती महिला आफ्नै छोरी हुन् भन्ने उनलाई थाहा थिएन, नत कुनै शंका नै। आफ्नी छोरी घर गइसकी भनेर ढुक्क भएकी कल्पनाले सामान बेच्दाबेच्दै वरपरका साथीहरुसँग कसले हान्यो, कसलाई हानियो भन्दै सोधखोज गर्न लागिन्।

_x000D_ _x000D_

आडमै पसल थापेकी नाताले बुहारी पर्ने एक महिलाले उनलाई ‘हाम्रै भाइ बुहारीलाई हान्यो रे’ भन्ने अपुष्ट खबर सुनाइन्। कल्पनाले त्यो क्षण सिम्झिँदै भनिन्, ‘सोचें साइँलो बुबाको बुहारीलाई हानेछ।’ घाइतेलाई मध्यबिन्दु अस्पतालमा लगेको थाहा पाएपछि उनीहरु दुबैजना हाटबजारमा तरकारी अलपत्र छोडैर त्यतैतर्फ लागे। तर, अस्पताल पुग्दा मात्र उनले चाल पाइन् की आक्रमणको शिकार त केहीबेर अघिमात्रै कुराकानी गरेर घर पठाएकी छोरी नै भएकी रहिछन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘हामी हतार–हतार अस्पताल पुग्यौं। अस्पताल पुग्दा त आफ्नै छोरीलाई एसिड खनाइएको रैछ। केहीबेर अघिमात्रै हासीखुसी गफ गरी घर हिँडेकी थिई। अब यस्तो होला भनेर कसरी विश्वास गर्नु?’, एकाएक काँपेको स्वरमा कल्पनाले भनिन्, ‘थाहा पाएपछि म आफैं अचेत भएछु। मलाई कतिखेर, कसरी घर ल्याए? केही थाहा पाइन।’

_x000D_ _x000D_

_x000D_ _x000D_

एक सातादेखि कल्पना छोरीलाई सुधार भएको हेर्न र सुन्न शिक्षण अस्पतालको आइसियूअगाडि कुरेर बस्दै आइरहेकी छन्। ४६ वर्षिया आमाको छोरीलाई पहिलेको जस्तै तन्दुरुस्त बनाएर घर लैजानु बाहेक अरु कुनै चाहना छैन। ‘एउटी आमालाई रहर लाग्दो उमेरकी छोरीको यस्तो हालत देख्नु र अस्पतालमा कुरेर बस्नु कति अप्ठेरो हुन्छ होला?’, साडीको सप्कोले आँशु पुछ्दै कल्पनाले भनिन्, ‘घरी–घरी मन भक्कानिन्छ। उसको यसपछिका दिन कस्तो होला भनेर मन पोल्छ।’

_x000D_ _x000D_

छोरीलाई यस्तो हालतमा पुर्याएकोमा कल्पना अहिले अपराधीलाई भन्दा आफैंलाई बढी धिक्कार्न थालेकी छन्। तीन छोरीकी आमा कल्पनालाई लाग्छ की उनका छोरा नभएको भएर नै यसरी आक्रमण भएको हो। ‘मेरा छोरा भने पनि तीन छोरी मात्र हुन्। छोरा नभएकै कारण हेपेर मेरी छोरीमाथि आक्रमण भएको हो। यदि मेरा एक/दुई भाई छोरा मात्रै भइदिएको भए त्यसले यसरी आक्रमणको आँट गर्ने थिएन।’

_x000D_ _x000D_

दुःख गरेर हुर्काएकी छोरीमाथि अपराधीले सजिलै एसिड र चक्कु प्रहार गरेकोप्रति कल्पनाले आक्रोश पोख्दै भनिन्, ‘छोरीमाथि आक्रमण गर्नेलाई कि फाँसी, कि जन्मकैद होस्।’

_x000D_ _x000D_

छोरीको अम्भीर अवस्थाका कारण कल्पनालाई चाडपर्वको कुनै उल्लास छैन। ‘तीज पनि रुँदारुँदै अस्पतालमै बित्यो।’, कल्पनाले पीडा सुनाइन्, ‘ठूलो ज्वाइँ विदेशबाट आउनुभाथ्यो। सबै छोरीज्वाइँ मिलेर दसैं मनाउँला भन्ने थियो। अब, अस्पतालमै बित्ने भो। यस्तोमा हामीलाई केको हर्ष रह्यो र?’ छोरीमाथि भएको गम्भीर आक्रमण र हालको उनको अवस्थाले गर्दा यसपाला कल्पना र उनको परिवारलाई चाडपर्वको रसरङ्ग छैन।

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, नवदुर्गा भवानीसँग छोरीलाई छिट्टै सन्चो होस् भन्ने कामना छ कल्पनाको। ‘छिट्टै सन्चो भएर घर लिएर जान पाउँ। मेरी छोरीलाई नवदुर्गा भवानीले सही, सत्य राखुन्।’, साहस मिसाउँदै कल्पना बोलिन्, ‘के भनौं र अरु, मलाई जस्तो पीडा संसारमा कोहीकसैलाई नपरोस् भन्ने भगवानसँग मेरो प्राथना छ।’

_x000D_ _x000D_

हिजोआज वसन्तीलाई बेलाबेला ज्वरो बल्झिन्छ। उता छोरी पीडामा हुँदा आइसियूको ढोकाबाहिर आमाको मनमा पनि छटपटी चल्छ। भन्छिन्, ‘डाक्टरहरुले नआत्तिनु भन्छन्, तर आफ्नो मन मान्दैन। उता घरमा साना नातिनातिनी आमाको बाटो पर्खेर बसेका छन्। यता छोरीको यस्तो हालत त, अनि कसरी मन बुझाउनु र नानी?’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्