• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एनआरएनएमार्फत अथाह लगानी भित्र्याउन सकिन्छ : भवन भट्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०३:४६
1140x725

गैरआवासीय नेपाली संघ (एनआरएनए) संसारभरीका विभिन्न मुलुकमा छरिएर रहेका आप्रवासी नेपालीहरूको छाता संस्था हो। अहिले संसारभरी करिब ४० लाख नेपाली रोजगारी लगायतका क्रममा विभिन्न मुलुकमा रहेको अनुमान छ।

_x000D_ _x000D_

सरकारले आर्थिक समृद्धिको मुद्दालाई प्राथमिकताका साथ अघि बढाएको बताइरहँदा त्यसमा एनआरएनएको भूमिकालाई महत्वपूर्ण रुपमा हेरिएको छ। लगानीमैत्री वातावरण सृजना भए ठूलो परिमाणमा लगानी भित्र्याउन सकिने दाबी आप्रवासी नेपालीहरूको छ।

_x000D_ _x000D_

अर्कातिर एनआरएनएले प्रभावकारी काम गर्न नसकेको आरोप पनि समय–समयमा लाग्ने गरेको छ। तर, संघका अध्यक्ष भवन भट्ट आफू निर्वाचित भएपछि संघले नयाँ गति पाएको दाबी गर्छन्।

_x000D_ _x000D_

गैरआवासीय संघका गतिविधि, वैदेशिक लगानी लगायतका विषयहरूमा केन्द्रित रहेर अध्यक्ष भट्टसँग नेपाल लाइभले गरेको कुराकानीः

_x000D_ _x000D_

निर्वाचित भएको एक वर्षे कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ?

_x000D_ _x000D_

हामी अलिक महत्वकांक्षी छौं। गर्नुपर्ने काम पनि धेरै छन्। तर पनि म निर्वाचित भएर आएपछिको एक वर्षमा संघले प्राप्त गरेको उपलब्धी स्मरणीय रह्यो भन्ने लाग्छ।

_x000D_ _x000D_

हामीले प्रतिबद्धता जनाएको भूकम्पबाट अत्याधिक क्षतिग्रस्त गोरखाको लाप्राक पुनर्निर्माण करिब पूरा भएको छ। एनआरएनएको भवन पनि निर्माण सम्पन्न हुने चरणमा छ। शंखमूल पार्क सञ्चालन गर्ने स्थितिमा पुगेको छ। सडक सुरक्षाको काम पनि हस्तान्तरण गर्दैछौं। सिन्धुलीगढीको गुरुयोजना पनि केही समयभित्रै हस्तान्तरण गर्न सकिने अवस्थामा छ।

_x000D_ _x000D_

यसरी हेर्दा एनआरएनएलाई ‘स्मार्ट’ ढंगले अघि बढाएका छौं।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

चाँडै नै हामी विज्ञ सम्मेलन गर्दैछौं। संविधान लागू भएको परिस्थिति र समयानुकुल सुदृढ गराउँदै लैजान संस्थाको विधानसभा पनि गर्ने तयारी अघि बढिरहेको छ। अमेरिका, युरोप, एसियालगायतबाट लगानी भित्र्याउन कार्यक्रमहरू अघि बढाएका छौं।

_x000D_ _x000D_

सीमित स्रोतसाधनका बावजुद हामीले अगाडि बढाएका कार्यक्रम सन्तोषजनक छन् भन्ने लाग्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

एनआरएनएले लगानी भित्र्याउन सहजीकरण गर्ने जुन अपेक्षा गरिएको थियो, त्यसबमोजिम काम नभएको आवाज उठ्ने गरेको छ, किन यस्तो भएको हो?

_x000D_ _x000D_

लगानी भित्र्याउने आफ्नै सम्यन्त्र र प्रक्रिया हुन्छन्। यस विषयमा हामी अघि बढेका छौं। ‘कमन इन्भेष्टमेन्ट भेहिकल’ भन्ने साझा लगानीको कम्पनी दर्ता गर्न गइरहेका छौं। १० अर्ब रुपैयाँको सुरुवाती रकमबाट त्यसलाई अगाडि बढाउने योजना बनाएका छौं। वैदेशिक लगानीलाई कसरी सहजीकरण गर्ने, लगानीको सुरक्षा कसरी गर्ने र कुन–कुन क्षेत्रमा लगानी अभिवृद्धि गर्ने लगायतका विषय महत्वपूर्ण छन्। यो योजनाले राम्रै गति लिग्ला भन्ने विश्वास छ।

_x000D_ _x000D_

एनआरएनएको आफ्नै भन्दा पनि संस्थामार्फत् लगानी आउने विषय हो। मुलुकमा शान्ति छाइसकेको छ र अब लगानीका लागि उपयुक्त वातावरण छ भनेर संसारभरका लगानीकर्तालाई आह्वान गर्ने माध्यम एनआरएनए बन्न सक्छ।

_x000D_ _x000D_

मूलुकभित्र लगानीमैत्री वातावरण सृजना गर्ने र लगानी भित्र्याउने सम्बन्धमा सबै पक्ष, तह र तप्काको जिम्मेवारी हुन्छ। सरकारले अहिले एनआरएनएलाई पनि महत्व दिएको छ, यो हाम्रा लागि उपलब्धी हो। पहिलोपटक सरकारले आफ्नो ‘स्टेट भिजिट’मा एनआरएनएलाई पनि समेल गरायो, म भारत र चीन दुवैतिर जान पाएँ। यसबाट हामीलाई सकारात्मक संकेत मिलेको छ।

_x000D_ _x000D_

एउटा आयोजना सुरु गर्न थोरैमा पनि तीन वर्ष लाग्छ, लगानीको प्रक्रियामा सरकार परिवर्तन भइदियो भने त्यसले अप्ठ्यारो पार्न सक्छ। विगतमा वर्षैपिच्छे सरकार परिवर्तन हुँदा लगानीमा नकारात्मक प्रभाव पर्‍यो। अब यसबाट पार पाएका छौं। पाँच वर्षका लागि स्थायी सरकार हामीले पाएका छौं। यसले लगानीकर्तालाई उत्साहित तुल्याएको छ।

_x000D_ _x000D_

हामीले के पनि सोच्नुपर्छ भने लगानीकर्ताले मुनाफा भएको क्षेत्रमा लगानी गर्ने हो। यो दृष्टिबाट हेर्दा त नेपालमा अवसर नै अवसर छ। स्थायी सरकार र सुरक्षित र लगानीमैत्री वातावरण खोजेका थियौं, अब यी दुईवटै चिज हामीलाई प्राप्त भएको छ। अब सरकारले छिट्टै कार्यदल गठन गरेर अघि बढ्नुपर्छ। यसमा एनआरएनएलाई पनि सामेल गराउनुपर्छ।

_x000D_ _x000D_

मूलुकभित्र उचित वातावरण सृजना भएको खण्डमा एनआरएनएमार्फत् कति लगानी भित्र्याउन सम्भव छ?

_x000D_ _x000D_

हामीले यत्ति नै भन्न सक्ने अवस्था छैन। तर, अथाह लगानी एनआरएनएमार्फत् भित्र्याउन सकिन्छ। अवसर र मुनाफा पाएको खण्डमा एनआरएनएमार्फत ठूलो लगानी भित्रिन सम्भव छ। यस्ता कैयौं गैरआवासीय नेपाली साथीहरू मैले भेटेको छु, जो नेपालमा लगानी भित्र्याउन इच्छुक छन्। म आफैंले पनि शून्य दशमलव २ प्रतिशत ब्याजमा आफ्नो पैसा जापानमा राखेको छु। मैले अहिले वैदेशिक लगानी भन्दा पनि नेपाली हुनुका नाताले यहाँ केही लगानी गरिरहेको छु।

_x000D_ _x000D_

_x000D_ _x000D_

धेरै साथीहरूसँग विदेशी पासपोर्ट छ, उहाँहरूले मेरोजस्तो तरिकाले लगानी गर्न मिल्दैन। त्यो पैसा नेपालको बैंकमा राख्ने हो भने ५ प्रतिशत ब्याज पाइन्छ र त्यो पैसा चाहेको समयमा लैजान मिल्ने व्यवस्था गर्न सकेको खण्डमा ठूलो परिमाणमा पैसा नेपाल भित्र्याउन सकिन्छ। ७० लाख नेपाली विदेशमा छन्। सहजीकरण गरेर उनीहरूसँग भएको पैसालाई नेपाल भित्र्याउन सकिन्छ। यसका लागि छुट्टै संयन्त्र आवश्यक छ।

_x000D_ _x000D_

एनआरएनएका लागि प्राथमिकतायुक्त क्षेत्र के–के हुन्?

_x000D_ _x000D_

मैले पहिले नै भने, एनआरएनए संस्था आफैंले लगानी गर्ने होइन। नेपालमा वित्तीय क्षेत्र, जलविद्युत, पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्र लगानीका लागि बढी सम्भावना देखिएका क्षेत्र हुन्। यिनैलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ। यसैका लागि हामीले विभिन्न क्षेत्रका छुट्टाछुट्टै ‘टास्क फोर्स’ पनि बनाएका छौं। यसले लगानीका लागि के–के कुरामा सहजीकरण गर्नुपर्छ, त्यसको पहिचान गर्छ।

_x000D_ _x000D_

हामीसँग भरपर्दो तथ्यांकको अभाव छ। त्यसकै लागि हालसम्म एनआरएनएहरूले कति लगानी भित्र्याए र अब लगानी गर्न कस्तो सम्भावना छ भनेर त्यसको तथ्यांक पत्ता लगाउन अध्ययन गर्न लागेका छौं। आगामी ३/४ महिनामा हामी यो पत्ता लगाउँछौं।

_x000D_ _x000D_

६ वर्षअघि विभिन्न ९ जिल्लामा गरेको अध्ययनले ३२ अर्ब रुपैयाँ लगानी एनआरएनएमार्फत आएको देखिएको थियो। अहिले त लगानी निकै बढेको होला नि! त्यतिबेला ५८ वटा मुलुकमा ‘नेसनल कोर्डिनेसन काउन्सिल’ थियो भने अहिले ७८ वटा मुलुकमा विस्तार भएको छ। हामी तिनलाई पनि परिचालन गर्छौं। अहिले ७५ वटै जिल्लामा यसको अध्ययन गर्न लागेका छौं। मेरो अनुमानमा अहिले नेपालमा करिब १ खर्ब रुपैयाँ लगानी एनआरएनएहरूले गरेका छन्। 

_x000D_ _x000D_

अहिले लगानी भित्र्याउन तपाईंहरूले खेपेको चुनौती र सरकारसँग माग गर्ने विषय के हो?

_x000D_ _x000D_

पहिलो त वैदेशिक लगानीको प्रक्रियालाई सहजीकरण गर्नुपर्छ। यहाँको प्रक्रियागत झन्झट पनि सहज बनाउनुपर्‍यो। लगानीकर्ताका रुपमा म जापानमा बस्दा यहाँ कसैलाई जिम्मा लगाउनुपर्ने हुन्छ। कसैले पनि रिमोर्ट कन्ट्रोलले व्यापार त गर्न सक्दैन नि! त्यसैका लागि हामीलाई ‘कमन इन्भेष्टमेन्ट फन्ड’ स्थापना गर्नु जरुरी छ। त्यसको आग्रह हामीले सरकारसँग गरेका छौं। यो अन्तिम चरणमा पुगेको छ।

_x000D_ _x000D_

चुनावमा जाहेर गरिने प्रतिबद्धता अक्सर पूरा भएका पाइँदैनन्, यसो हुनाका कारण के हुन?

_x000D_ _x000D_

यसमा सबै पक्षले भूमिका खेलेको हुन्छ। नेपाल अघि बढ्न नसक्नुको कारण कुनै एउटामात्रै कारण होइन, बहुपक्ष यसमा जिम्मेवार छन्। यी सबै पक्ष सकारात्मक भएर मुलुकलाई अघि बढाउनुपर्छ। संसारमा धेरै राष्ट्र थुप्रै वर्षअघि आर्थिक क्रान्तिको मार्गमा अगाडि बढे, हामी भने यति ढिला गरी राजनीतिक स्थिरता प्राप्त गरेर आर्थिक समृद्धिको मुद्दामा अघि बढेका छौं।

_x000D_ _x000D_

३० वर्षअघि यसरी नै आर्थिक एजेन्डा अघि बढाएको भए मुलुक अहिले अर्कै दिशामा अघि बढ्ने थियो। ढिलै भए पनि त्यसको महसूस भएको छ। अब यसलाई तीब्र गतिमा अघि बढाउनुपर्छ।

_x000D_ _x000D_

तोकिएको समयमा लाप्राक पुनर्निर्माण याेजना हस्तान्तरण हुन किन नसकेको हो?

_x000D_ _x000D_

बाटो भत्किने, अविरल वर्षा, हिमपातलगायतका कारण काम गर्न केही असहज भयो। लाप्राक २ हजार ७ सय मिटर उचाईमा छ। ढुवानीको ठूलो समस्या पनि छ। भूकम्पको केन्द्रबिन्दू नजिक भएका कारण लाप्राक हाम्रो भावनासँग जोडियो। त्यसपछि हामीले पुनर्निर्माण थालेका थियौं। तर, त्यहाँ वर्षभरीमा ६ महिनाभन्दा बढी काम गर्न सक्ने अवस्था छैन। यस्तै कारणले हस्तान्तरणमा ढिलाइ भएको हो।

_x000D_ _x000D_

अहिले विधान संशोधनको तयारीमा लाग्नु भएको छ, यसो गर्नुको आवश्यकता किन परेको हो?

_x000D_ _x000D_

यो त समयानुसार परिवर्तन गर्नुपर्ने विषय नै हो नि! एउटा घरकै नियम त बाबु मरेपछि छोराको पालामा फेरिन्छ। समयानुसार विधान परिवर्तन गर्नुपर्ने नै हुन्छ। केही समस्या र असहज स्थिति छन् भने त्यसलाई पनि सल्टाउँदै जानुपर्छ। नागरिकताको मुद्दा, निर्वाचन प्रक्रियालगायतका विषय हाम्रा प्राथमिकतामा छन्।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाराको सिमराबाट एक बालिका बेपत्ता
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्