काठमाडौं– लोपोन्मुख राउटे समुदायका ज्येष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको छ । ७५ वर्षीय शाहीको ह्दयघातका कारण बिहीबार बिहान निधन भएको हो । उनीहरू केही समयअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ चन्दनपुरबाट बसाइँ सरेका थिए ।
सुर्खेतकै लेकवेशी नगरपालिका–१० झुप्राखोला जंगलमा बसोबास गरिरहेका शाहीको बिहीबार बिहान निधन भएको राउटे परियोजनाका जोडी शिक्षकका रूपमा काम गर्दै आएका लालबहादुर खत्रीले जानकारी दिए ।
मृतक नन्दाराम शाहीको पत्नीको एक वर्षअघि मात्र मृत्यु भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बन्दै गएका थिए । मृतक शाहीका छोरी बहिरा शाही र जुवाई चन्द्रमान शाही छन् । उनको ७ जना नाति नातिना छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।