Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हेलिकप्टर उड्यो, नीति अड्कियो: सुत्केरी उद्धारको अधुरो मिशन

64x64
नेपाल लाइभ मंगलबार, साउन २०, २०८२  १०:१५
1140x725

१. भूमिका 

नेपालको मातृत्व मृत्युदर आज पनि दक्षिण एसियाली सन्दर्भमा चुनौतीपूर्ण छ, विशेषतः दुर्गम हिमाली र पहाडी क्षेत्रहरूमा। मातृ मृत्युदर आज पनि नेपाल जस्तो भौगोलिकरुपले विविधतायुक्त मुलुकमा गम्भीर जनस्वास्थ्य चुनौती हो। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार नेपालमा मातृ मृत्युदर प्रति लाख जिवित जन्ममा १५१रहेको छ र सन २०३० सम्ममा दिगो विकाशका लक्ष्यले ७० मा झार्ने लक्ष्य अवलम्वन गरेको छ।  यातायात, स्वास्थ्य सेवा, जनशक्ति तथा समयमै स्वास्थ्य संस्थामा पुगी सेवा लिन नसक्ने अवस्थाका कारण गर्भवती र सुत्केरी महिलाहरू अझै पनि ज्यान जोखिममा पारिरहेका छन्।

नेपालको मातृ मृत्युदर अझै पनि क्षेत्रीय असमानता, पहुँचको अभाव र संस्थागत कमजोरीका कारण उच्च छ। दुर्गम हिमाली तथा पहाडी भेगमा सुत्केरी अवस्थामा ज्यान गुमाउनु न दुर्भाग्य हो, न केवल प्राकृतिक चुनौती – यो स्वास्थ्य प्रणालीको गहिरो दोषको प्रतिबिम्ब हो। नेपालका दुर्गम हिमाली तथा पहाडी क्षेत्रहरूमा सुत्केरी महिलाहरूको मृत्युका घटनालाई न्यूनीकरण गर्नका निमित्त राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी मातृमृत्यु दर, बालमृत्यु दर घटाउन वाञ्छनीय भएकोले, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ मातृत्व स्वास्थ्य सेवामा पाइला चालेका तर अल्झिएका पाइलाहरूको बयान दिने महत्त्वपूर्ण नीति कदम हो, तर यसले उठाएका अनेकन व्यावहारिक प्रश्नहरू र कार्यान्वयनको सीमाहरू हामीले चुपचाप स्वीकार्न मिल्दैन।

२. नीतिको प्रशंसनीय उद्देश्य तर कार्यान्वयनको जटिलता

कार्यविधिको उद्देश्य स्पष्ट छ—दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा गर्नु। नीति निर्माताले आपतकालीन अवस्थाका स्पष्ट लक्षणहरूको सूची, उद्धार योग्य क्षेत्रको परिभाषा, र उद्धार प्रक्रियाको चरणबद्ध मार्गचित्र तयार गरेका छन्। यति विस्तृत र विधिवत् परिभाषित कार्यविधि नेपालको नीति दस्तावेजको स्तरको दृष्टिले उल्लेखनीय हो। तर प्रश्न उठ्छ- के यो कार्यान्वयनमा त्यत्तिकै प्रभावकारी छ ?

३. संरचनागत जटिलता र अधिकारको अस्पष्टता

हवाइ उद्धारका निमित्त यस कार्यविधिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवको  संयोजकत्त्वमा ७ सदस्यीय हवाई उद्धार निदेशक समिति,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्त्वमा ८ सदस्यीय हवाई उद्धार समन्वय समिति र सम्बन्धित स्थानीय तहमा समन्वयका लागि सम्बन्धित गाउँपालिका तथा नागरपालिका अध्यक्षको संयोजकत्त्वमा ४ सदस्यीय स्थानीय सिफारिश समिति  गरी ३ वटा समितिहरु गठन हुनुपर्ने कुरा उल्लेख गरेको छ। तीन तहका समिति–निर्देशक, समन्वय र स्थानीय सिफारिस समितिको अवधारणा व्यवस्थापनका दृष्टिले प्रभावकारी देखिए पनि व्यवहारमा अत्यन्तै जटिल देखिन्छ। ज्यान जोखिममा परेकी गर्भवतीको उद्धारका लागि तत्काल निर्णय आवश्यक पर्दा समितिहरूको बैठक, सिफारिसको ढाँचा, स्वास्थ्यकर्मीका हस्ताक्षर आदि धेरै चरणहरूबाट जानुपर्ने प्रक्रिया उद्धारभन्दा ढिलाइको कारण बन्न सक्छ। 

४. नीति स्पष्टता र व्यावहारिकता

nimb
nimb
Ncell 2
Ncell 2

कार्यविधिले धेरै पक्षमा विस्तृत निर्देशन दिएको छ, तर व्यावहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ। उदाहरणका लागि, हवाई उद्धार गरिने स्थानसम्म बिरामीलाई डोको वा स्टेचरमा पु¥याउने जिम्मेवारी स्थानीय तहको भए तापनि, आवश्यक पूर्वाधार वा मानव स्रोतको अभावमा यो व्यवहारिक छैन।

५. अस्पष्ट कार्य क्षेत्र

यस कार्यविधि अनुरूप ज्यान जोखिममा परेकी गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवाका लागि पूर्ण रुपमा लागु भएका जिल्ला १९ वटा र आशिक रुपमा लागु भएका जिल्ला २९ वटा छन। केही जिल्लाहरू पूर्ण र केही आंशिक रूपमा समेटिए पनि, कार्यान्वयन क्षेत्रको आधार के हो भन्ने स्पष्ट छैन। प्राकृतिक विपद’ भन्ने अस्पष्ट शब्दावलीको प्रयोगले सेवा पहुँचमा अनावश्यक राजनीति वा  विभेद निम्त्याउने जोखिम छ।

६. समानता र समावेशीताको अभाव

यस नीतिले सामाजिक सुरक्षा कोष वा निवृत्तिभरण पाएका कर्मचारीलाई यो सुविधा नदिने उल्लेख छ। यसले नीतिमा समान पहुँचको सिद्धान्तलाई कमजोर बनाउँछ, विशेषतः ती महिलाहरूका लागि जसको पतिहरू सरकारी सेवा निवृत्त भए पनि उनीहरू दुर्गममा छन् र ज्यान जोखिममा पर्न सक्छन्। सम्पूर्ण महिला कर्मचारी वा गैरकर्मचारीका लागि सेवा सुनिश्चित गर्न छुटका प्रावधानहरू हटाइनु पर्छ।

७. स्थानीय सरकारको सीमित भूमिकाः अवसरको गुमावट 

अचम्मको कुरा त के छ भने, स्थानीय सिफारिस समितिमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई समावेश गरिएको छैन। स्थानीय तह स्वास्थ्य सेवा कार्यान्वयनको अग्रपङ्तिमा रहेको निकाय हो। यस्तोमा उनीहरूको सहभागिता नराखिनुले कार्यक्रमलाई केवल “केन्द्रबाट निर्देशित उद्धार अभियान“ मा सीमित पारिदिन्छ। यसले न त स्थानीय स्तरको जिम्मेवारी सुनिश्चित गर्छ, न त दीगो साझेदारी नै।

८. सूचनाको अद्यावधिक र स्वास्थ्य संस्थाको परिवर्तन 

कार्यविधिमा उद्धार केन्द्रका रूपमा उल्लेख गरिएका अस्पतालहरूमध्ये कतिपय अब ‘प्रदेश अस्पताल’ वा ‘शिक्षण अस्पताल’ भइसकेका छन ्। जस्तै, “सेती अञ्चल अस्पताल” अहिले “सेती प्रादेशिक अस्पताल” हो। कार्यविधिमा यस्ता अद्यावधिक नहुनुले स्थान पहिचान र कार्य समन्वयमा अन्योल निम्त्याउन सक्छ। त्यस्तै  “परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल“ भन्ने ठाउँमा अहिले “परोपकार मातृ तथा स्त्री अस्पताल“ लेखिनु उपयुक्त हुन्छ। यसले आधिकारिक भ्रम तथा झमेला हटाउने काम गर्छ।

९. पहुँचभन्दा पहिला परिचय?

कार्यविधिले नागरिकता वा अन्य परिचय खुल्ने कागजात अनिवार्य बनाएको छ। तर सुदूर हिमाली क्षेत्रका धेरै महिलाका लागि नागरिकता बन्नु अझै टाढाको सपना सावित भएको छ। त्यहाँ सेवा भन्दा कागजात प्राथमिक भएमा जीवनभन्दा दस्तावेज ठुुलो हुन्छ। यस्तो खालको प्रावधानले “पहिला राज्य, अनि सेवा” भन्ने दृष्टिकोण झल्काउँछ–जो जनकल्याणकारी राज्यको मर्मसँग मेल खाँदैन।

१०. पोषण स्याहारको रू. २०,००० सहयोग : पर्याप्त वा प्रतीकात्मक ?

हवाई उद्धार गरी ल्याइएकी महिलालाई रू. २०,००० सम्मको पोषण र यातायात सहायता उपलब्ध गराउने कुरा सकारात्मक हो। तर, उच्च हिमाली जिल्लाहरूमा एक दिनको हवाई उद्धारको लागत नै कयौं गुणा बढी हुनसक्छ। त्यस्तो अवस्थामा रू. २०,००० सहायताले महिलाको सम्पूर्ण आहार, बसोबास, औषधोपचार र बालसुरक्षाको समग्र भार उठाउन सक्दैन। त्यस्तै भुक्तानीको ढाँचा समेत जटिल छ र खाता नभएका महिलाको हकमा अस्पतालमार्फत भुक्तानी दिइने व्यवस्थाले सम्भावित भ्रष्टाचारको ढोका खोल्न सक्छ।

११. सुरक्षा, दक्षता र निजीकरणको सम्भावित द्वन्द्व

नेपाली सेनाको हेलिकप्टर सेवा प्रयोग गर्न नसकेमा निजी सेवा प्रदायक प्रयोग गर्न सकिने व्यवस्था कार्यान्वयनका लागि लचकदार देखिए पनि यसले निजीकरणको द्वार खोल्छ। जब सरकारी सेवा उपलब्ध छैन भने सार्वजनिक सेवाको नाममा निजी मुनाफामूलक कम्पनीहरूले उद्धारका नाममा असमान सेवा दिन सक्छन्। यसले समान पहुँचको मूल सिद्धान्तमा धक्का पुर्याउने सम्भावना रहन्छ।

१२. समापन विचारः केवल उद्धार होइन, पहुँचको पुनव्र्याख्या आवश्यक

हवाई उद्धार कार्यक्रम मातृत्व मृत्युदर न्यूनीकरणको दिशामा एक साहसी कदम हो। यद्यपि, यसको दीगो सफलता सुनिश्चित गर्न नीतिगत स्पष्टता, स्थानीय तहमा सशक्त समन्वय, पारदर्शी वित्त व्यवस्थापन, तथा समावेशी पहुँच अत्यावश्यक छ। नीति राम्रो, तर क्रियान्वयन अपुरो’ भन्ने पुरानै नेपाली रोगबाट बच्न यी संरचनात्मक सुधार अपरिहार्य छन्। यस कार्यविधिले मातृत्व उद्धारलाई एक “आपतकालीन उद्धार सेवा“  को रूपमा मात्र हेरिरहेको देखिन्छ। तर सुरक्षित मातृत्व सेवामा पहुँचको मतलब केवल हेलिकप्टरमा अस्पताल ल्याउनु मात्र होइन–त्यो सामाजिक समर्थन, प्रारम्भिक सूचनाको उपलब्धता, पोषण, गर्भजाँच, र प्रसव पश्चात सेवाको निरन्तरता हो। यस कार्यविधिको सैद्धान्तिक स्वरूप, तात्कालिक उद्धारका लागि यसको प्रयास, र महिलाको जीवन रक्षा गर्ने उद्देश्य प्रशंसनीय छन्। तर कार्यान्वयन पक्षमा, स्थानीय तहको भूमिकाको पुनव्र्याख्या, सरलीकरण, अद्यावधिक सूचना प्रणाली, र सामाजिक समावेशीताको दृष्टिले पुनरावलोकन आवश्यक देखिन्छ। हामी केवल नीति निर्माणमा होइन, नीति कार्यान्वयनको प्रभावमा आधारित सुरक्षित मातृत्वलाई मापन गर्न नसकेसम्म, हेलिकप्टरको आवाजले मातृमृत्युको मौनतालाई चिर्न सक्दैन।


तयार गर्ने
स्थायी ठेगाना : सुनकोशि गाउँपालिका – ०७, ओखलढुंगा 
अस्थाई ठेगाना: कालिकोट

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्