काठमाडौं– भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ।
बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्नेछ।
शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने’ सम्भावित कार्यसूची छ।
यसअघि गत २५ असारमा पनि यो विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची थियो। तर, सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै कार्यसूचीबाट हटाउन माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।