काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ।
बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।