काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल भएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले आफ्नो मिडिया काउन्सिल विधेयक माथि राखेको संशोधनका बारेमा जानकारी गराएका थिए ।
उनीहरुले काउन्सिलको अध्यक्षको नियुक्तिको व्यवस्थामा गभ्भीर ध्यान दिनुपर्ने, मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्ने सुझाव दिएका थिए । संशोधनकर्ता सांसद दुर्गा राईले काउन्सिलको अध्यक्ष हुन १५ बर्ष र सदस्यको १० बर्षको अनुभव हुनुपर्ने बताए ।
त्यस्तै संशोधनकर्ता सांसद नारायणी शर्माले विधेयकमा सामाजिक सञ्जाल भन्ने शव्दको ठाँउमा सामाजिक सञ्जालका रुपमा रहेका एपल्लिकेशनका पत्रकारिता व्यवसाय सञ्चालन गर्ने भन्ने शव्द राख्नुपर्ने सुझाव दिए ।
विधेयकमाथि संशोधनकर्तासंगको छलफल मंगलबार सकिने समिति सभापति अम्वरबहादुर थापाले जानकारी दिए । विधेयकमाथि सामूहिक र एकल गरि १९ वटा संशोधन दर्ता भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।