काठमाडौं– सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्।
पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्।
अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए। उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो। सोही अनुसार प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।