पोखरा–पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
पोखराको अस्पतालमा उपचाररत ७४ वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो।
उनी चरक अस्पतालमा उपचाररत थिइन्। उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ। ‘अरू बिरामी पनि थिए भन्ने छ। कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन्। तर कोरोना भन्ने पुष्टि भएको हो।’
पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।