• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गगन थापा: दूरदृष्टि र परिवर्तनका संवाहक, तर पुरातनवादी चक्रव्यूहमा संघर्षरत

सुरेश गिरी शनिबार, साउन ३, २०८२  ०९:५८
1140x725

नेपाली राजनीति प्रायः निराशा र अवसरवादी गठबन्धनको पर्यायवाची बन्न पुगेको छ। तर, कहिलेकाहीँ यही भीडमा एउटा यस्तो आवाज गुञ्जिन्छ, जसले हरेक पुस्तालाई परिवर्तन सम्भव छ र त्यसका लागि लड्न सकिन्छ भन्ने विश्वास दिलाउँछ। गगन थापा त्यस्तै आवाजका एक प्रतिनिधि पात्र हुन्। उनी केवल एउटा नाम होइनन्, उनी एक दृष्टिकोण हुन्— युवाहरूका लागि एउटा सन्देश कि हिम्मत, अध्ययन र दूरदृष्टिले राजनीतिलाई स्वच्छ र जनमुखी बनाउन सकिन्छ।

गगन थापाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि सुरु भएको सर्वविदितै छ। त्रिचन्द्र कलेजको प्राङ्गणभित्र राजनीतिक नाराहरू मात्र गुञ्जिरहेका थिएनन्, त्यहाँ नयाँ नेतृत्वको बीउ पनि उम्रिरहेको थियो। त्यही बीउ नै आजको गगन थापा हुन्। उनले विद्यार्थी राजनीतिमा छँदै स्पष्ट पारिसकेका थिए कि राजनीति कुर्सीका लागि नभई विचार र नीति निर्माणका लागि हुनुपर्छ। त्यसैले, उनी जुनसुकै आन्दोलनमा पनि अग्रपङ्क्तिमा देखिन्थे र आवाज बुलन्द पार्न कहिल्यै पछि हटेनन्।

उनी स्वास्थ्य मन्त्री हुँदा उनको कार्यशैली अझै धेरैका लागि स्मरणीय छ। त्यो अवधिमा उनले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने, गैरसंक्रामक रोग नियन्त्रणलाई प्राथमिकता दिने र जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने जस्ता थुप्रै महत्वाकांक्षी कार्यहरू अगाडि बढाए। धेरै योजना अझै अपूरा छन् भन्ने आलोचना हुने नै भयो, तर योजना अघि बढाउन गरिएको उनको इमानदार प्रयत्नलाई भने नकार्न सकिँदैन।

आजको संसदमा गगन थापाले बोल्दा युवाहरूले एउटा महत्त्वपूर्ण कुरा महसुस गर्छन्— अब बहस तथ्यमा आधारित हुन सक्छ। उनी कहिल्यै गफ गरेर ताली बटुल्न चाहँदैनन्, न त कुनै खोक्रो नारा लगाएर जनताको आँखामा छारो हाल्न खोज्छन्। संसदमा बजेट बहसदेखि नीति निर्माणसम्म उनले प्रमाणसहित आफ्ना कुरा राख्छन्। यो गुण आजका धेरै नेतामा दुर्लभ छ।

यद्यपि, यी सबै सकारात्मक पक्षका बाबजुद उनको यात्रा सहज छैन। पुरानो  राजनीतिक संरचनाले नयाँ सोच बोकेका व्यक्तिलाई सजिलै स्थान दिँदैन भन्ने कुराको ठोस उदाहरण गगन थापाको कथा नै हो। उनी नेपाली काँग्रेसजस्तो पुरानो पार्टीको महामन्त्री भए पनि पार्टीभित्रको गुट-उपगुटको खेलबाट पूर्ण स्वतन्त्र हुन सकेका छैनन् भन्ने आरोप प्रायः सुनिन्छ। कहिले काँग्रेसको कुन गुटसँग नजिक भएको त कहिले नेताहरूबीचको शक्ति सन्तुलनमा सम्झौता गरेको आरोप उनीमाथि लाग्ने गर्छ।

गगन थापाको अर्को चुनौती नै यही हो— उनीसँग स्पष्ट दृष्टिकोण छ, तर त्यस दृष्टिकोणलाई दीर्घकालीन संस्थागत संरचनामा बदल्ने सामर्थ्य अझै पूर्ण रूपमा विकसित भएको छैन। उनीमाथि युवाहरूको भरोसा त छ, तर त्यो भरोसाले अझै बलियो संगठनमा रूप लिन सकेको छैन। उदाहरणका लागि, धेरैजसो युवाले उनलाई हेर्छन्, मन पराउँछन्, फोटो खिच्छन् र ताली ठोक्छन्, तर वास्तविकतामा अझै उनको पक्षमा बलियो जनमत निर्माण हुन सकेको देखिँदैन। नेपाली राजनीतिमा, विशेषगरी नेपाली काँग्रेसजस्तो पार्टीमा, उनलाई सहजै स्वीकार्ने युवा जमातको कमी देखिन्छ। नेपाली काँग्रेस सुरुवातदेखि नै गुट र उपगुटमा जेलिएको पार्टी हुनु र आफूभन्दा जुनियरलाई सजिलै स्वीकार नगर्नु पनि उनको आगामी यात्रामा ठूलो तगारो बन्न सक्छ।

यति हुँदाहुँदै पनि, उनले पुरानो र जटिल संरचनाभित्र रहेर जे–जति संघर्ष गरेका छन्, त्यो आफैँमा सराहनीय छ। नेपालजस्तो मुलुकमा, जहाँ नेतृत्वको साँचो अझै परम्परागत सोच राख्नेहरूको हातमा छ, त्यहाँ नयाँ सोच लिएर अगाडि बढ्नु भनेको केवल भाषणमा विद्रोह गर्नु मात्र होइन, व्यवहारमै नोक्सान सहेर उभिनु हो। उनले त्यो साहस देखाइरहेकै छन्।

कुनै नेताको कमजोरी लुकाएर प्रशंसा गर्नु सस्तो चाकरी मात्र हुन्छ। गगन थापामा पनि कमजोरी छन्। कहिलेकाहीँ उनी अत्यधिक इमानदार हुन खोज्दा सहकार्य गर्नै नचाहनेजस्तो देखिन्छन्। पुरानो राजनीतिक संरचना केवल इमानदारिताले मात्र चल्दैन, कहिलेकाहीँ कूटनीति र सम्झौताको खेल पनि खेल्नैपर्छ भन्ने कुरा उनले अझै राम्ररी सिक्न बाँकी छ। यसले गर्दा उनकै समर्थक कतिपय बेला निराश हुन्छन्। अर्कोतर्फ, उनीसँगै आएका कतिपय युवा अनुयायीहरू पनि निरन्तर राजनीतिमा टिक्न सकिरहेका छैनन्, साथै उनलाई गुरु मान्दै काँग्रेसको राजनीतिमा आएकाहरू नै उनलाई छोडेर जानुमा नेतृत्व विकासमा उनको कमजोरी देखिन्छ। मेरो विचारमा, उनले नेतृत्व विकासमा अझै बलियो मोडल दिन बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली राजनीतिमा एउटा गगन थापा मात्र पर्याप्त छैन भन्ने कुरा बुझ्न जरुरी छ। यदि पुरानो संरचनालाई साँच्चिकै बदल्नु छ भने सयौँ गगन थापा जन्मिनुपर्छ। नेतृत्वमा मात्रै होइन, गाउँ–शहरमा, कलेजका डेस्कमा, पेशागत संगठनमा— हरेक तहमा गगनजस्तो दृष्टिकोण लिएर अघि बढ्ने पुस्ता तयार हुनुपर्छ। साथै, जनताले केवल भोट हालेर जिम्मेवारी पूरा भएको सम्झने बानी पनि परिवर्तन हुनुपर्छ।

गगन थापा आजका युवाहरूका लागि एउटा उत्तर होइन, उनी प्रश्न हुन्। प्रश्न के हो भने: के तपाईं आफैँले राजनीतिलाई परिवर्तनको माध्यम बनाउन हिम्मत गर्न सक्नुहुन्छ? उनी संसदको भाषणमा प्रश्न उठाउँछन्, तथ्य राख्छन्, तर ती तथ्यहरूलाई समाधानमा बदल्ने दायित्व केवल उनको होइन। त्यो जिम्मा हामी सबैको हो।

गगन थापाको यात्रा हेर्दा हाम्रा अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको योगदान पनि सम्झनु पर्छ। हिजोका पुस्ताले जुन लोकतान्त्रिक चेतना जगाए, त्यसलाई सम्हालेर अगाडि बढाउने पुस्ता गगन थापा हुन् भन्नेमा कुनै शंका छैन। तर, यो पुस्ताले राजनीतिक संस्कारमा पनि नयाँ परम्परा बसाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न अझै खुला छ।

पछिल्लो समयमा गगन थापाप्रति जनताको जति आशा र विश्वास छ, त्यो अब उनले प्रमाणित गर्ने समय आएको छ। अबको राजनीतिक बाटो कसरी तय गर्ने भन्ने कुरामा गगन थापा स्पष्ट नै होलान्, तर केही कुरामा देखिएका कमीकमजोरीलाई समयमै सुधार नगर्दा उनको राजनीतिक भविष्य पनि पुराना नेताहरूसँगै मिल्न जानेछ, जुन नेपाली राजनीतिमा दुर्भाग्यपूर्ण साबित हुनेछ।

Xtrem

Xtrem

अन्त्यमा, कुरा यत्ति हो— गगन थापा दूरदृष्टि र परिवर्तनका पक्षधर हुन्, उनीसँगै पुरानो सोचलाई चिर्ने साहस पनि छ, तर त्यो साहस अझै पुरातनवादी चक्रव्यूहभित्र संघर्षरत छ। त्यो जञ्जाल चिर्न उनी मात्रै होइन, हामी सबै जुट्नुपर्छ। गगन थापा एक्लै सबैथोक गर्न सक्दैनन् भन्ने कुरा बुझेरै हामीले सयौँ गगन थापा उत्पादन गर्नतर्फ लाग्नुपर्छ। किनकि यो देश नेतृत्व परिवर्तनबाट मात्रै होइन, चेतना परिवर्तनबाट पनि बाँच्ने हो।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्