• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के हो उदयपुर फाइल्स, एउटा फिल्मसँग किन डर?

64x64
नेपाल लाइभ शुक्रबार, साउन २, २०८२  ०८:४०
1140x725

यतिबेला भारतमा एउटा फिल्मलाई लिएर दुई समुदायबीच चर्को बहस छेडिएको छ । कन्हैयालाल हत्याकाण्डलाई लिएर बनाइएको फिल्म ‘उदयरपुर फाइल्स: कन्हैयालाल टेलर मर्डर’को रिलिजमा दिल्ली हाई कोर्टले रोक लगाएको छ ।

फिल्म प्रदर्शनका लागि उपयुक्त छ कि छैन भनेर सञ्चार मन्त्रालयलाई निर्क्योल गर्न भनिएको छ भने । कन्हैया लालको हत्यामा संलग्नहरुले आफूहरुको निष्पक्ष न्याय प्रक्रियामा फिल्मले दबाब बढाउने भन्दै रोक लगाउन सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यसयता फिल्मका बारेमा सर्वोच्चमा बहस चलिरहेको छ । 

फिल्म ११ जुलाई अर्थात् शुक्रबार रिलिज हुने तय थियो । तर जमीयत उलेमा ए हिन्द का मुखिया अरशद मदनीले हाइकोर्टमा रिट दायर गरेका थिए । उनका वकिल कपिल सिब्बल हुन् । जो वर्तमान सरकारका हरेक कामविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै आएका छन् । 

मनमोहन सिंह सरकारमा विशेष मन्त्रीसमेत रहेका शिब्बल कांग्रेसबाट अलगिँदै हाल समाजवादी पार्टीको सहयोगमा राज्यसभामा विधायक रहेका छन् । 

कन्हैया लाल तेलीको घाँटी रेटेर हत्या किन भयो?
उदयरपुरको राजस्थानका ४० वर्षीय एक दर्जी थिए कन्हैया लाल तेली । सन् २०२२ जुन २८ मा मोहम्मद रियाज अत्तारी र गौस मोहम्मदले कन्हैयालालको पसलमा छिरेर चक्कुले घाँटी रेटेर हत्या गरेका थिए । 
हत्या गरिसकेपछि उनीहरुले भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोस्टसमेत गरे । उक्त भिडियोमा उनीहरुले कन्हैया लालको हत्या गर्नुको कारण पनि बताएका छन् । आखिर उनी मारिनुको कारण के थियो । के गल्तीका कारण उनी मारिएका थिए । 

उनको एक मात्र गल्ती थियो कि बिजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदविरुद्ध दिएको विवादास्पद बयान एक वाट्सएप ग्रुपमा फरवार्ड गरेका थिए । पछि अनुसन्धानका क्रममा उक्त पोस्ट पनि उनका ८ वर्षीय छोराले मोबाइल चलाउँदै गर्दा भुलवस फरवार्ड भएको पाइएको थियो । 

यही निहुँमा मोहम्मद रियाज अत्तारी र गौस मोहम्मदले पसलभित्रै छिरेर चक्कु प्रहार गरी हत्या गरे र भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे । अत्तारी र गौस उनको पसलमा कपडा सिलाउने निहुमा प्रवेश गरेका थिए । कन्हैया लालले शरीरको नाप लिन लागेका बेला एक जनाले चक्कुले घाँटी रेटे र अर्काले भिडियो बनाए । त्यसपछि धम्की दिँदै भिडियो पोस्ट गरियो । 

यो घटना भएको तीन वर्ष बितिसक्यो । तर अहिलेसम्म अदालतमा उनीहरुविरुद्ध हत्या आरोप प्रमाणित भएको छैन । जबकी उनीहरुले हत्या गरेको भिडियो आफैं पोस्ट गरेका थिए । कन्हैयालालका छोराले भनेका छन्, ‘यो कस्तो न्याय प्रणाली हो । मेरा बुबाको हत्या गरी भिडियोसमेत पोस्ट गरेकाहरुमाथि अहिलेसम्म हत्या प्रमाणित गर्न सकेको छैन न्यायालयले । तर त्यही घटनामा आधारित फिल्मलाई भने तीन दिनमै रोक लगाइयो ।’

Ncell 2
Ncell 2
nimb
nimb

जमीयत उलेमा ए हिन्दले दिल्ली, गुजरात र महाराष्ट्र उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमा फिल्मको ट्रेलरले धार्मिक भावनामा ठेस पुर्यारउन सक्ने, साम्प्रदायिक तनाव बढाउन सक्ने बताइएको छ । 

हत्याकाण्डमा संलग्न मोहम्मद जावेदले सर्वोच्च अदालतमा निवेदन दिँदै फिल्मले आफूहरुविरुद्ध निष्पक्ष बहसलाई प्रभावित पार्नसक्ने बताएका छन् । उनलाई सन् २०२४ मा राजस्थान उच्च अदालतले जमानत दिएको थियो । 

फिल्मले उक्त हत्याकाण्डलाई फेरि चर्चामा ल्याउने निश्चित छ । साथै दोषीविरुद्ध कारबाहीका लागि दबाबसमेत बढाउनसक्ने विश्लेषकहरु बताउँछन् । कुनै फिल्म प्रदर्शनमा रोक लगाउने विषय उठ्नेबित्तिकै वैचारिक स्वतन्त्रता हनन भएको भन्दै विरोध जनाउने भारतका विपक्षी दल यतिबेला उदयपुर फाइल्सलाई लिएर मौन छन् । 

वाक स्वतन्त्रताको मुद्दा उठाएर नथाक्ने राहुल गान्धी, असरुद्दविन ओविसी, अखलेश यादव लगायतका नेताको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन । एउटा वास्तविक घटनामा आधारित फिल्म प्रदर्शनलाई रोक लगाइएको विषयलाई लिएर उनीहरु मौन रहनुको कारण भारतको विहारमा आउँदै गरेको चुनाव रहेको बताइएको छ । एक दलित दर्जीको हत्यामा संलग्नहरुको पक्ष वा विपक्षमा बोल्दा चुनावमा क्षति पुग्नसक्ने भएका कारण पनि उनीहरु नबोलेको हुनसक्ने बताइएको छ । उनीहरुले बिजेपीको चुनावी रणनीतिका रुपमा हेरिरहेका छन् ।

यदि फिल्म प्रदर्शनमा आयो भने सबैभन्दा धेरै पीछडिएको दलित जनसंख्या रहेको बिहारमा चुनावमा बिजेपीलाई फाइदा पुग्ने भएका कारण पनि विपक्षीका लागि फिल्म प्रदर्शन हुनुभन्दा नहुनुमै फाइदा रहेको विश्लेषकहरुको भनाइ छ ।

फिल्मलाई रोक लगाउन सबैभन्दा ठूलो भूमिका जमीयत उलेमा ए हिन्दको रहेको छ । तर यो संगठनमाथि आतंकवादीलाई बचाएको र सहारा दिएको आरोपसमेत छ । सन् २००७ मा यो संगठनले आफ्ना नेता अरशद मदनीको  नेतृत्वमा एक कानुनी सेल सुरु गरेको थियो । यसको उद्देश्य नै आतंकवादको आरोपमा पक्राउ भएका मुस्लिम युवकलाई कानुनी सहायता दिनु रहेको थियो । 

इन्डियन एक्सप्रेसको एक रिपोर्टअनुसार जमीयत उलेमा ए हिन्दले अहिलेसम्म ७ सय जना आतंकवादको आरोपमा पक्राउ परेकाहरुलाई कानुनी सहायतामार्फत् बचाएको छ । ७/११ मुम्बई ट्रेन विष्फोट, २००६ मालेगावँ विष्फोट, २६/११ मुम्बई आतंकवादी आक्रमण, २०११ मुम्बई ट्रिपल ब्लास्ट केस, मुलुन्ड ब्लास्ट केस, गेटवे अफ इन्डिया ब्लास्ट केसलगायतका घटनामा आरोपीहरुलाई बचाएको उक्त संगठनमाथि आरोप छ । 

केही दिनअघि नेपाल मुस्लिम आयोगले भारतीय फिल्म उदयपुर फाइल्स नेपालमा नलगाउन माग गर्दै नेपाल चलचित्र बोर्डमा पत्र पत्र पठायो । उक्त फिल्मले नेपालको शान्तिलाई हानी पुर्यागउन सक्ने उक्त पत्रमा उल्लेख छ । 

फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दू-मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो । ‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पुर्यादउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’

नेपाली लेखक किन मौन?
जब हिन्दूहरुमाथि भएका अत्याचारका घटना आउँछन् तब नेपाली समुदायको प्रगतीशील तप्का मौन हुनु नौलो कुरा होइन । हमास र हिजबुल्लाहमाथि सहानुभूति देखाउने नेपाली बौद्धिकहरु पहलगाममा पहिचान सोध्दै, पाइन्टसमेत खोलेर हिन्दू हो कि होइन भन्ने चेक गर्दै बर्बरतापूर्ण हत्यामा पनि बोलेनन् । बरु भारतले अप्रेशन सिन्दूर सुरु गरेपछि भने शान्ति कायम गर्नुपर्ने दुहाइ दिन थाले । 

यस्तै हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिँदा आतंकवादविरुद्ध नचलेका कलम अहिले गाजामा हमासविरुद्ध इजरायलले गरेको आक्रमणविरुद्ध दैनन्दिन चलिरहेका छन् । न त्यसबेला सडकमा प्रदर्शन भयो न पहलगाममा नेपालीसहित हिन्दूहरु मारिँदा विरोध भयो । बरु अहिले हिजबुल्लाह, हमासजस्ता आतंकवादी संगठनलाई संरक्षण दिने इरान र प्यालेस्टिनीको पक्षमा दैनिक प्रदर्शन गरिरहेका छन् । 

सन् २०१४ मा आएको फिल्म पिकेमा भगवान महादेवलाई शौचालयमा दौडाइएको सिनलाई लिएर विरोध हुँदा उल्टै हिन्दूहरुलाई अतिवादी भनियो । अघिल्लो वर्ष आएको शाहरुख खानको फिल्म पठानको गीत बेसरम रंगमा दिपिकाले गेरु वस्त्र लगाएकी छिन् । यसमा हिन्दूहरुले विरोध जनाउँदा नेपालका थुप्रै लेखकहरुले यसको प्रतिरोधसमेत गरेका थिए । 

अहिले उदयरपुर फाइल्सको प्रतिबन्धलाई लिएर कुनै सञ्चारमाध्यम या लेखेकले एक शब्द खर्चिन सकेका छैनन् । थाहै नपाएजस्तो गरेका छन् । बरु फिल्म प्रदर्शनमा आएको दिन भने एक समुदायमाथि टार्गेट गरिएको भन्दै लेखहरु भने अवश्य आउनेछन् । हाम्रो देशको म्याटर होइन भन्ने जवाफ पनि आउला तर सात समुद्र पारीका कथाहरु लेख्ने विश्लेषण गर्ने कथित प्रगतिशीलहरु छिमेकमै भएको घटनाले हाम्रो देशमा प्रभाव पार्ने कुरामा मौन हुनु दोहोरो चरित्र नै देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र आइतबार, भदौ २८, २०८३
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्