• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतीय नागरिकहरु प्रति अमेरिका खासै सकारात्मक छैन

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  १९:३०
1140x725

भारत भ्रमणमा रहेका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा भारत र रुसबीच बहुप्रतिक्षित एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। दुई दिने भारत–रसिया सम्मेलनका अवसरमा भारत भ्रमणमा रहेका पुटिनको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो। 

_x000D_ _x000D_

सम्झौतापछि भारतले रसियाको पाँच थान एस–४०० प्रतिरक्षा प्रणाली खरिद गर्नेछ। रसियाली राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्रीबीच दिल्लीमा भएको भेटवार्तापछि सो सम्झौतामा हस्ताक्षर भएको हो।

_x000D_ _x000D_

यसको अलावा पनि भारत र रसियाबीच सहयोगका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ। सोअनुसार भारत र रसियाले अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा पनि साझेदारी गर्ने बताइएको छ। यसका लागि भारतको एक ‘मोनिटरिङ स्टेसन’ साइबेरिया नजिक रुसको नोवोसिबिर्क शरहमा स्थापना गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

_x000D_ _x000D_

भारत र रुसबीच भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको छ। बिहीबार भारतको दुई दिने भ्रमणमा आएका राष्ट्रपति पुटिनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

_x000D_ _x000D_

अमेरिका र पाकिस्तानले भारत र रुसबीच बढ्दै गएको यो मित्रतालाई नजिकबाट हेरिरहेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन्। पुटिनको भारत भ्रमणभन्दा ठिक अघि अमेरिकाले आफ्ना सहयोगी देशलाई रुससँग कुनै किसिमको महत्वपूर्ण खरिद–बिक्रीको सम्झौता नगर्न सल्लाह दिएको थियो।

_x000D_ _x000D_

अमेरिकाले आफ्ना सहयोगी देशलाई रुससँग त्यस्तो कुनै पनि खालको सम्झौता गरे प्रतिबन्धात्मक कारबाही गर्नसक्ने सम्मको चेतावनी दिएको थियो।

_x000D_ _x000D_

अमेरिकी प्रतिबन्धको चेतावनीलाई व्यवास्ता गर्दै भारतले रुससँग मिसाइल प्रणाली खरिदको सहमति गरेको हो। ५ बिलियन अमेरिकी डलरको यो प्रतिरक्षा सम्झौतापछि अमेरिकाले प्रतिबन्ध लगाउनसक्ने सम्भावना उच्च रहेको छ। अघिल्लो महिना रुससँग सैनिक सामाग्री खरिद गरेको भन्दै अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको थियो।

_x000D_ _x000D_

यो सम्झौतामार्फत भारतले कुनैपनि देशसँग समान किसिमको दुरी, सम्बन्ध र आफ्नो राष्ट्रिय सम्प्रभुताअनुसार सम्झौता गर्न आफूलाई स्वतन्त्रता रहेको जनाउ दिएको हुनसक्ने पनि आँकलन गरिएको छ। त्यसबाहेक सम्झौतालाई भारतले विश्वभर क्रमशः आफ्नो पनि शक्ति विस्तार भएको देखाउन खोजेको रुपमासमेत बुझ्ने धेरै छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उता चीनको एसिया क्षेत्रमा बढ्दो प्रभावलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न अमेरिकाले भारतसँग गहिरो मित्रवत सम्बन्ध कायम राखेको छ। ‘एसिया प्यासेफिक’ क्षेत्रको नामलाई परिर्वतन गर्दै अमेरिकाले ‘इन्डो प्यासेफिक’ नामाकरण गरेको छ। भारतलाई खुसी पार्न गरिएको यो प्रयासमा अमेरिकी स्वार्थ लुकेको भारतीय विज्ञहरुको आरोप छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

पुटिनको भारत भ्रमण र दुई देशबीच भएको सम्झौतामा अमेरिकाले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

_x000D_ _x000D_

गत जुनमा भारत भ्रमणकै क्रममा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले भारतलाई इरानसँगको सम्बन्धमा पुनर्विचार गर्न चेतावनी दिएकी थिइन्। आउने नोभेम्बर ४ सम्मको दिन तोक्दै उनले भारतलाई इरानसँगको सम्पूर्ण व्यापार स्थगित गर्न सल्लाह दिएकी थिइन्। उक्त सुझावलाई भारतले भने नर्कादै आएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

संयुक्त राष्ट्रसंघको हालै सम्पन्न ७३औं महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले इरानसँगको उसको सम्बन्धलाई निरन्तरता दिने बताइसकेकी छन्। भारतमा इरानबाट ठूलो मात्रामा कच्चा तेल आयात हुँदै आएको छ। योसँगै भारतीय लगानीमा इरानमा बन्दै गरेको ‘चाबाहर बन्दरगाह’का कारण पनि इरान भारतका लागि एक महत्वपूर्ण साझेदारका रुपमा रहेको छ।

_x000D_ _x000D_

चीनले पाकिस्तानको ‘ग्वादर’मा निर्माण गर्दै गरेको बन्दरगाहलाई चुनौती दिने हिसाबले निर्माण भएको ‘चाबाहार’का कारण पनि इरान भारतका लागि एक महत्वपूर्ण साझेदार देशको रुपमा रहेको मान्न सकिन्छ। चीनसँगको बढ्दो आर्थिक र रणनीतिक प्रतिस्पर्धाका कारण पनि इरानसँगको सम्बन्ध भारत बिगारी हाल्ने मनस्थितिमा देखिँदैन।

_x000D_ _x000D_

सन् २०१४ मा क्रिमियालाई आफ्नो भू–भागमा गाभेको र २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाएको छ। अमेरिका कुनै राष्ट्रको पनि रुससँग बलियो सम्बन्ध भएको देख्न चाहँदैन। अमेरिकाको यो वर्षको सुरक्षा रणनीतिले रुस र चीनलाई उसको सुरक्षा खतराको रुपमा व्याख्या गरेको अवस्था छ।

_x000D_ _x000D_

शीतयुद्ध कालमा एकअर्काका सहयोगी रहेका भारत र तत्कालीन सोभियत संघ, सोभियत संघको विघटनसँगै मुर्झाएको थियो। सोभियत संघको विरासत समालेको रुससँग भारतको समान स्तरको सम्बन्ध रहन नसकेकोमा पछिल्लो दिन भारत र रुस नजिक हुने छनक दिइरहेका छन्।

_x000D_ _x000D_

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उसले अख्तियार गर्दै आएको राष्ट्रवाद र संरक्षणवादको नीतिले भारतलाई पनि प्रभावमा पार्नसक्ने सम्भावना रहेको छ। हाल चीनसँग व्यापार युद्धमा रहेको अमेरिकाले उस्तै खालको रणनीति भारतलगायत अन्य देशमा पनि नअपनाउला भन्ने कुरामा भारत सचेत रहेको जानउ गत जुनमा प्रधानमन्त्री मोदीले चीनको उहान प्रान्तको भ्रमण गर्दा दिएका छन्। 

_x000D_ _x000D_

अमेरिकामा रहेका भारतीय नागरिकहरु प्रति अमेरिका खासै सकारात्मक रहेको पाइँदैन। ट्रम्पले सार्वजनिक समारोहमा नै भारतीय आप्रवासी लगायत अन्य देशका आप्रवासीका कारण आफ्नो देशका नागरिकको रोजगारी खोसिएको आरोप लगाउँदै आएका छन्। यस्तै बौद्धिक मजदुरलाई अमेरिकी सरकारले दिँदै आएको एज१बी भिसामा कडाइ गर्ने बताएको थियो। 

_x000D_ _x000D_

परिर्वतित अवस्थामा रहेको अमेरिकाको आन्तरिक र विदेश नीतिबाट आफ्नो देशको प्रतिरक्षा गर्न पनि ठूला देशहरुले अमेरिकाको विकल्पका रुपमा अन्य राष्ट्रसँगको सम्बन्धमा जोड दिन थालेको देखिन्छ।

_x000D_ _x000D_

रसियाली हतियार खरिद गर्दा चिनियाँ सेनालाई प्रतिबन्ध लगाएको अमेरिकाले एसिया प्यासेफिक क्षेत्रमा उसको महत्वपूर्ण साझेदारका रुपमा रहेको भारतलाई कस्तो व्यवहार गर्नेछ? त्यो निश्चय नै प्रतिक्षाको विषय बनेको छ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्