• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सभापतिलाई निरंकुश बनाउने विधान स्विकार्य हुँदैन : शेखर कोइराला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ०८:२७
1140x725

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए प्रभावशाली नेता डा शेखर कोइराला। निकै चर्चामा रहे पनि उनले डा शशांक कोइरालाका लागि बाटो खाली गरिदिए। शेखर तार्किक र बौद्धिक नेताका रुपमा चिनिन्छन्। कोइराला परिवारबाट कांग्रेसको भावी नेतृत्वका रुपमा देखिएका उनीसँग पार्टीको आन्तरिक जीवन, कोइराला परिवारको भावी योजना, सरकारको कार्यशैली लगायतका विषयमा नेपाल लाइभका लिलु डुम्रेले गरेको वार्ताः 

_x000D_ _x000D_

निर्वाचनमा पराजयसँगै तपाईंले कार्यकर्ता भेटघाटलाई तीव्रता दिनुभएको छ। निर्वाचनपछि धेरै जिल्ला पनि पुग्नुभयो। कांग्रेसको अवस्था स्थानीय तहमा कस्तो रहेछ?
_x000D_ जिल्लाजिल्ला घुम्दा कार्यकर्ता अलिकति निरुत्साहित पाएँ। कम्युनिस्टको दुई तिहाइ सरकार बन्दा कार्यकर्ता केही हतोत्साही भएका छन्। केन्द्रीय नेताहरुलाई उनीहरुले सुझाव दिएका छन्, सजक हुन र एकढिक्का बन्न।

_x000D_ _x000D_

केन्द्रमा हुने नेताहरु भन्दा कार्यकर्ता बढी चिन्तित छन्। हामीलाई आफ्नो पदको चिन्ता छ, उनीहरुलाई कांग्रेस बिग्रेला कि भन्ने चिन्ता छ। देश अधिनायकवादतिर जान्छ कि भन्ने चिन्ता पनि देखिन्छ। विगतमा अनुशासित भएर एकै स्थानमा ५/६ घन्टा छलफल चलाएको भेटेको थिइनँ। तर उनीहरुमा सुन्ने प्रवृत्ति बढेको पाएँ। कार्यकर्ताको चिन्ता मुख्य कांग्रेस हारेको छ भन्ने हो भने दोस्रो चाहिँ कम्युनिस्ट शासनप्रति रहेको छ।

_x000D_ _x000D_

चुनावका बेला कांग्रेसको संगठन नै थिएन। अनि हामी हार्यौं। प्रादेशिक संरचनामा कांग्रेस गएकै थिएन। एमाले–माओवादीको एकता भएर कांग्रेस हार्नु सहायक कारण हो। निर्वाचन हार्नु मुख्य कारण नै नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या हो। संगठनको कमजोरीले हारेका हौं, यसलाई लुकाउनुपर्ने म देख्दिनँ। स्थानीय तहको निर्वाचनमा पनि हामी हारेकै हो। त्यस समय दुई कम्युनिस्ट मिलेकै थिएनन्। नेतृत्वको कमजोरी देखियो।

_x000D_ _x000D_

नेतृत्वको कमजोरीसँगै संगठन र कार्यशैली नै हारको कारण देखाउँदै आउनुभएको छ। सभापतिको कार्यशैलीमा प्रश्न उठाइन्छ। तर, सभापतिलाई अझ बलियो बनाउने गरी विधान आउँदैछ नि?
_x000D_ मस्यौदा समितिले तयार गरेको प्रारम्भिक मस्यौदा मैले पूरै पढिसकेको त छैन। केही विषय गम्भीर खालका छन्। पहिलो– सभापति नै संसदीय दलको नेता हुनुपर्छ भनी राखिएको छ। यो आइडिया दिने नै गैर जिम्मेवार हो। दोस्रो– संशोधन हुनेबित्तिकै अधिवेशनमा जानुपर्यो नि। अधिवेशनमा नजाने रे। संशोधन हुनासाथ तुरुन्त लागू हुने भनिएको छ। के मक्सदले विधान संशोधन गर्न खोज्दैछौं?

_x000D_ _x000D_

_x000D_ _x000D_

पदाधिकारी कति बनाउने भन्ने महत्वपूर्ण होइन। तर, सभापतिलाई अझै शक्तिशाली बनाएर निरंकुश बनाउन खोज्ने? जो सुकै सभापति होस्, निरंकुश बनाउने त होइन नि। यसले त पार्टी दुई चिरामा रहिरहोस् भन्ने देखिन्छ। खुला समाज भइसकेपछि त खुला हिसाबले हिँड्नुपर्यो। मनोनीतलाई मैले महत्वपूर्ण मान्दिनँ। सभापतिले मनोनीत गरेपछि केन्द्रीय समितिले अनुमोदन गरेजस्तै थियो। मेरो धारणाचाहिँ सबै पदाधिकारी निर्वाचित हुनुपर्छ भन्ने हो। विधानका कारण समस्या देखिए, संशोधन हुन सक्छ। अप्ठ्यारो पारेको प्रावधानलाई निलम्बन गरे हुन्छ। सभापतिलाई निरकुंश बनाइयो भने विवाद आउँछ।

_x000D_ _x000D_

विधान मस्यौदा समितिले प्रारम्भिक विधान तपाईंहरुलाई अध्ययनका लागि दिएको थियो। सभापतिका लागि राखिएको प्रावधानमा असन्तुष्टि जनाउनुभयो। अरु प्रावधानप्रति तपाईंको धारणा?
_x000D_ विधान मस्यौदा समितिमा सर्वसम्मतिबाट ल्याइएको भए सर्वसम्मत पास हुने हुन्छ। वैकल्पिक व्यवस्था पनि राखिएको छ। म आफ्नो विचार प्रस्तुत गर्छु। अरु कसले के गर्छ, मलाई थाहा छैन। त्यही विचार लिएर हामी महासमितिमा जान्छौं। विधानलाई त दुई तिहाईले पास गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

महाधिवेशन प्रतिनिधि चयन हुने क्रममा सभापतिदेखि सबै केन्द्रीय सदस्यहरु तल्लो संगठनदेखि नै लड्दै आउनुपर्छ। केन्द्रीय कार्य समितिको संख्या बढाउनुपर्ने आवश्यकता छैन। प्रादेशिक संरचना बनाउँदैछौं भने ८५ जनाले पुगिहाल्छ नि। तल्लो तहमा टिकट बाँड्ने अधिकार पनि दिनुपर्छ। आफ्नो निर्वाचन क्षेत्र कसलाई टिकट दिनुपर्छ/पर्दैन मलाई थाहा हुँदैन भने टिकट वितरण केन्द्रबाट हुनुहुँदैन। देशभरिका टिकट पाउनेहरुलाई सभापतिले कसरी चिन्नुहुन्छ?

_x000D_ _x000D_
_x000D_

दुई वर्ष काम गरिसकेपछि मात्रै मत दिने व्यवस्था भयो भने कार्यकर्ता पनि खारिएर आएका हुन्छन्। सुन्दैछु, अहिले पनि वितरण गरिएको छ रे। यो त गलत हो नि।

_x000D_
_x000D_ _x000D_

नेपाली कांग्रेसमा आरक्षणको व्यवस्थालाई दुरुपयोग गरिएको छ। तीन पटक आरक्षण भइसक्यो, आउने व्यक्ति भने उनै हुन्छन्। आरक्षणको दुरुपयोग भएकाले आरक्षण एकपटक भन्दा बढी हुनुहुँदैन। यो विधानपछि आरक्षण रोकिनुपर्छ। ट्रेड युनियनबाट प्रतिनिधित्व हुनु सकेको छैन। दुई कार्यकाल बिताएपछि केन्द्रमा आउनका लागि जिल्ला सभापतिहरुलाई बाटो नै छैन। उनीहरुको तर्फबाट पनि प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्छ।

_x000D_ _x000D_

क्रियाशील सदस्यताको विषय अलि गम्भीर नै छ। पुराना क्रियाशील नै विवादमा छ। मधेसका कतिपय स्थानमा पार्टी परिवर्तन गरिसकेका पनि कांग्रेसको क्रियाशील सदस्य छन्। क्रियाशील बन्न रोक्नु हुँदैन। तर, नयाँ मापदण्ड बनाउनुपर्छ। जस्तै: अहिले लिएको क्रियाशील सदस्यले १४औं महाधिवेशनमा मत खसाल्न नपाउने गराउनुपर्छ। उसले १५औं महाधिवेशनमा मत खसाल्न पाउने गरी प्रावधान राख्न सकिन्छ। दुई वर्ष काम गरिसकेपछि मात्रै मत दिने व्यवस्था भयो भने कार्यकर्ता पनि खारिएर आएका हुन्छन्। सुन्दैछु, अहिले पनि वितरण गरिएको छ रे। यो त गलत हो नि।

Xtrem

Xtrem
_x000D_ _x000D_

सभापतिले १४औं महाधिवेशन पर सार्ने तयारी गरिरहेको भन्दै कांग्रेसमा सभापतिको आलोचना हुन्छ। त्यसअघि मंसिरमा महासमितिको बैठक डाकिएको छ। महासमिति बैठकले कांग्रेसलाई पुनर्जागृत गराउन सक्ला?
_x000D_ महासमिति बैठकले विधानलाई पारित गर्छ। जसरी कांग्रेस जाँदैछ, मानिसहरुमा शंका हुनु स्वाभाविक हो। महासमितिले पारित गरेको विधान १४औं महाधिवेशनपछि मात्रै लागू हुनुपर्छ।

_x000D_ _x000D_

२०७६ फागुनभित्र १४औं महाधिवेशन हुनैपर्छ। महासमितिपछि एक वर्षभन्दा बढी समय रहेकाले त्यसअघि पनि गर्न सकिन्छ। एक वर्षभित्र पनि गर्न सकिएन भने केन्द्रीय कार्य समितिको काम के? 

_x000D_ _x000D_

मंसिरदेखि नै गाउँ वडा अधिवेशन सुरु गर्नुपर्छ। इच्छाशक्तिको कुरा मुख्य हो। १४औं महाधिवेशन समयमै हुन्छ। कसैले रोक्न खोजेर रोकिँदैन। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कोइराला परिवारबाट नेपाली कांग्रेसको नेतृत्व गुमेपछि कांग्रेस कमजोर भए जस्तो तपाईंलाई लागेको हो? महामन्त्रीले कांग्रेसको नेतृत्व कोइराला परिवारबाट भन्न थाल्नुभएको छ। कांग्रेस नेतृत्वको लागि कोइराला परिवारले आधार तयार गरेको हो?
_x000D_ मलाई त्यस्तो लागेको छैन। गिरिजाप्रसाद कोइरालालाई निरंकुश भन्थे। उहाँले नेताहरुमा बीचमा छलफल गर्नुहुन्थ्यो। उहाँसँग चित्त बुझ्ने/नबुझ्ने शीर्ष तहका नेताहरुसँग बैठक बोलाइरहनुहुन्थ्यो। अहिले त्यस्तो छैन। सभापति त साझा हुनुपर्छ नि। पार्टीमा विचारको गुट हुन्छ। त्यो स्वभाविक हो। तर सबैलाई समेट्ने कार्य पार्टी सभापतिकै हो। सभापतिले सिनियर नेताहरुसँग राय लिने, छलफल गर्नुपर्दैन? सभापतिको दायित्व हो– प्रतिपक्ष दलमा रहेका नेताको राय एउटै बनाऔं भन्ने।

_x000D_ _x000D_
_x000D_

सरकारले राम्रो के गर्यो र राम्रो भन्दिनुपर्ने? दसैंको मुखमा महँगी ह्वात्तै बढाएको छ। निर्मला पन्तको बलात्कारमा के भएको? जगजाहेरै छ। प्रहरी प्रशासन मौन छ।

_x000D_
_x000D_ _x000D_

कोइराला परिवारको नेतृत्वको कुरा गर्दा हा भन्दा सिनियर नेता पनि कांग्रेसमा अरु धेरै हुनुहुन्छ। जसले खट्न सक्छ, जो जनताको माझमा पुग्छ। जनतासँग जो भिज्न सक्छ, त्यसैले नेतृत्व गर्नुपर्छ। कोइराला परिवारबाटै हुनुपर्छ भन्नेमा म अडिग छैन।

_x000D_ _x000D_

१४औं महाधिवेशनका लागि आधार तयार गर्न तपाईंले पार्टीको तेस्रो धारका रुपमा चिनिएको समूहसँग निकटता बढाउनु भएको भनिँदैछ…  
_x000D_ म जिल्ला जिल्लामा घुमिरहेको छु। सिनियरहरुले जसले बोलाउँदा म जाने गरेको छु। सभापतिले बोलाउनुहुन्न त जाने कसरी? मभन्दा सिनियर साथीले बोलाँउदा भेट्नु सम्मान पनि हो।

_x000D_ _x000D_

म बोल्ने नै बाहिर हो। केन्द्रीय समितिमा बोलेर सुनुवाइ हुँदैन। विधानकै विषयमा अहिले केन्द्रित भएको छु। जिल्ला जिल्लामा विधानका विषयमा कुरा भइरहेको छ। कार्यकर्ताहरुले भन्छन्– कम्युनिस्टहरुले देश खाइसक्यो, तिमीहरु आफूभित्रै लडिरहेका छौ।

_x000D_ _x000D_

वर्तमान सरकारप्रति तपाईंका अभिव्यक्तिहरु खरो रुपमा आएका छन्। सात महिनाको अवधि हेरेर सरकार असफल भएको तपाईंको निष्कर्ष हो?
_x000D_ सरकारले राम्रो के गर्यो र राम्रो भन्दिनुपर्ने? दसैंको मुखमा महँगी ह्वात्तै बढाएको छ। यसलाई कृत्रिम महँगी भन्छु म। दुई वर्षदेखि उखु किसानहरुले उखुको मूल्य पाएका छैनन्। सरकारले जानीजानी चिनीको भाउ बढाइरहेको छ। 

_x000D_ _x000D_

निर्मला पन्तको बलात्कारमा के भएको? जगजाहेरै छ। प्रहरी प्रशासन मौन छ। अमेरिकाबाट प्रधानमन्त्रीले १२ वर्षपछि अपराधी फेला पर्छ भन्नुहुन्छ। गृहमन्त्रीले संसदमा पुँजीवादले बलात्कार बढ्यो भन्नुहुन्छ। अरे, योभन्दा दुर्भाग्य अरु के हुन्छ? 

_x000D_ _x000D_

नागरिक उड्डयन प्राधिकरणमा सुगतरत्न कंसाकारले राम्रै गरिरहनुभएको थियो। त्यहाँ प्रधानमन्त्रीको भान्जा किन ल्याउनुपरेको? अयोग्य भनेर हटाइएकालाई पुर्ननियुक्ति दिइएको छ। 

_x000D_ _x000D_
_x000D_

पाँच वर्षका लागि हामी सरकारबाहिरै हो। कम्युनिस्ट सरकारले नराम्रो गरेका कारण कांग्रेस बलियो हुन्छ भन्नु नकारात्मक दृष्टिकोण हो।

_x000D_
_x000D_ _x000D_

अन्तराष्ट्रिय सम्बन्ध ओलीले सपारेको होइन। नाकाबन्दीपछि बिग्रिएको नेपाल-भारत सम्बन्ध ओली आउनुअघि नै सुध्रिएको थियो। क्रेडिट लिन ओलीले मिल्दैन। भारतसँगको सम्बन्ध कहिले बिग्रने र सुधार आउने इतिहासदेखि हो। ३६५ दिन नै राम्रो हुने भन्ने हुँदैन।

_x000D_ _x000D_

_x000D_ _x000D_

बूढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा र पारदर्शिता चिनियाँ कम्पनीलाई दिइयो। आफै बनाउने भनी कर संकलन सुरु भइरहेको छ। कम्पनीप्रति प्रश्न होइन, त्यसको प्रक्रिया हुनुपर्यो नि। टेण्डर नै गरिएन। त्यसैले यो सरकार भ्रष्टाचारमा लिप्त छ।

_x000D_ _x000D_

सरकार सबैतिर असफल भयो भन्नुहुन्छ। आम सर्वसाधारणको दैनिकी महँगो हुँदै गएको पनि हो। प्रतिपक्षको भूमिका खोइ त? 
_x000D_ प्रतिपक्षको भूमिका कमजोर छ। पार्टीमा संवाद नै छैन, अनि कमजोर भयो। अब नेपाली कांग्रेस कसरी जाने भनेर छलफल हुनुपर्दैन? महँगी बढेको छ। सरकार आफै बदनाम हुँदै गएको छ। प्रतिपक्षमा भएर जति गर्नुपर्ने हो सकेका छैनौं। पार्टीमा फरक धार छन्। त्यसलाई एक बनाउने कार्य नेतृत्वको हो। संवादहीनता हटाउने कार्य नेतृत्वको हो।

_x000D_ _x000D_

नेपाली कांग्रेस आफ्नै बलबुताले बलियो हुन्छ कि वर्तमान सरकारका नकारात्मक कार्यले बलियो हुन्छ?
_x000D_ पाँच वर्षका लागि हामी सरकारबाहिरै हो। कम्युनिस्ट सरकारले नराम्रो गरेका कारण कांग्रेस बलियो हुन्छ भन्नु नकारात्मक दृष्टिकोण हो। सरकार असफल भएर हामी बलियो देखिने मात्रै हो। तर, बलियो हुँदैनौं। संगठनको हिसाबले कांग्रेस बलियो हुनुपर्छ।

_x000D_ _x000D_

कांग्रेस बलियो हुनका लागि विधान संशोधन हुनुपर्यो। विधान तुरुन्त लागू हुनुहुँदैन। १४औं महाधिवेसनपछि मात्रै लागू हुनुपर्छ। र, महाधिवेसन समयमै (फागुन २०७६ सम्म) गर्नुपर्छ। नेपाली कांग्रेसलाई महाधिवेशनले नै थप ऊर्जा दिनेछ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्