काठमाडौं– पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएको २४औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
२४औँ स्मृति दिवसका अवसरमा स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमबार जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र,रानी ऐश्वर्य, अधिराजकुमार नीराजन,अधिराजकुमारी श्रुति,वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो।
सो घटनामा तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो।दीपेन्द्र पनि अस्पतालमा अर्ध मूच्र्छित अवस्थामा उपचाररत रहेपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो।
दरबार हत्याकाण्डमा तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो।
छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन बुझाएको थियो।राजा वीरेन्द्रको वंश नाश भएको सम्झनामा प्रत्येक वर्ष जेठ १९ गते विशेष कार्यक्रम गरी स्मरण गरिदैँ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।