काठमाडौं– राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन्।
२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो। सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए।
आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले सो कार्यक्रममा सहभागी हुन आन्दोलनकारीहरुलाई अनुरोध समेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।