काठमाडौं – पत्रकार फणिदेव महतको निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो ।
४८ वर्षीय महत अन्नपूर्णपोस्ट दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक थिए । महत प्रेस चौतारीसँग आबद्ध थिए भने यस अघि मधेश प्रदेशको नेतृत्व पनि सम्हालेका थिए ।
उनको पार्थिव शरीरलाई बुधवार श्रद्धाञ्जलिसहित अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।