ललितपुर- ललितपुर उद्योग वाणिज्य संघको निमन्त्रणमा नेपाल आएका भुटानका ४३ व्यापारीहरुले ललितपुरका रहेका विभिन्न औद्योगिक क्षेत्रको भ्रमण गरेका छन्।
भुटानको २३ जिल्लाबाट आएका व्यापारीको टोलीले ललितपुर लामाटारमा रहको अर्ग्यानिक खेती, लुभुको टेक्सटाइल, पाटन औद्योगिक क्षेत्रको अवलोकन गरेको हो।
ललितपुर उद्योग वाणिज्य संघ तथा भुटान उद्योग वाणिज्य संघबीच सन् २००७ देखि नै सुमधुर सम्बन्ध रहेको छ। भुटानले २००९ देखि आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय मेलामा ललितपुर उद्योग वाणिज्य संघले नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ।
भ्रमणमा सहभागी व्यापारीहरुले दुई देशबीच व्यापार सम्झौता नहुँदा सोचेजति व्यापारमा प्रवर्द्धन हुन नसकेको बताएका थिए।
संघले १४ सेप्टेम्बरदेखि १८ सम्म आयोजना गर्ने मेलामा सयभन्दा बढी व्यापारिक प्रतिष्ठानहरुले सहभागिता जनाउँदैछन्।
सम्बन्धित समाचार
नेपाल-भुटानबीच वाणिज्य सम्झौता नहुँदा व्यापार प्रवर्द्धनमा समस्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।