काठमाडौँ–केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ।
दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको सुरक्षा परिषद्को बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो।
बैठकमा तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको एक सहभागीले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री लेखक, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागीलगायत सहभागी थिए।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर गृहमन्त्रीज्यूको निर्देशनमा भइसकेको छ। अब कसरी अगाडि बढ्ने भन्ने निर्णय बैठकले गरेको छ।’
यसअघि सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।