काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन्।
उनले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका छन्।
‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’, सांसद गौतमले भने।
सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ। अगाडि थप्छन्, ‘नेपा सरकारले समयमै यस (भारत–पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभाव)मा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।