काठमाडौं–प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिएको छ।
पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिने र फेरि सुरु गर्नेक्रम बढ्दो छ। प्रावधिक समस्याको कारणले यस्तो भएको संसद सचिवालयका अधिकारीहरू बताउँछन्।
तर, प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण कुन बेला काटिन्छ भन्ने यकिन नहुने अवस्था छ।
प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा बारम्बार समस्या आउँदा समेत संसद सचिवालय र सरकार यसतर्फ गम्भीर नभएको भनेर संसद्मै समेत प्रश्न उठ्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।