काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सिंगापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा विश्वविख्यात खर्बपति माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता भएका छन्।
‘बिल गेट्सलाई भेट्न पाउँदा सम्मानित छु। हामीले नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रले सामना गरिरहेका महत्वपूर्ण चुनौतीमा गहिरो र अर्थपूर्ण आदानप्रदान गर्यौं,’ चौधरीले भने।
भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड १९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।
‘२०१५ को भूकम्पदेखि कोभिड प्रतिक्रिया र बालियो नेपालमार्फत हाम्रो पोषण कार्यसम्मको दशक लामो साझेदारीको लागि आभारी छौँ, गेट्स फाउन्डेसनका धेरै प्रमाणित विश्वव्यापी स्वास्थ्य पहल नेपालमा ल्याएर हाम्रो सहकार्य विस्तार गर्न उत्साहित छौँ,’ उनले भने।
सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।