काठमाडौं–विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो।
उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो। अझै केही छलफल/निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो। समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ।
शिक्षक महासंघको ९ बुँदे सहमतिसँगै सरकार र सत्तारुढ दलका सचेतकले असार १५ भित्र शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।