काठमाडौं – हेटौंडाको चुच्चे खोलानजिकको सडकमा गुड्दै गरेका एक बाेलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको छ।
शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो बेपत्ता भएको हो।
गाडीको चालक र सहचालक भने गाडी भाँसिनुअघि नै निस्किएका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दा समेत फेला नपरेको मकवानपुर प्रहरी बताएको छ।
सडकको दायाँबायाँ माछा पोखरी रहेको छ । दुबै पोखरीसमेत जोखिममा परेको छ भने गाडी बेपत्ता भएकाे ठाउँमा जमेकाे दह कटाएर खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।