काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले आजै बसेको सङ्घीय संसद्को दुवै सदनमा गरेको सम्बोधन प्रतिनिधिसभामा पेस गरेका छन्।
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको २०८२/८३ को नीति तथा कार्यक्रम पेस गरेका थिए।
सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद भवनमा आएर पेस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन दोस्रो बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन प्रस्तुत गरेका हुन् ।
बैठक ५ बजे बस्ने संघीय संसद सचिवालयले सूचना जारी गरे पनि समय भन्दा ढिलो सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।