काठमाडौँ–सरकारले गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैलीको परिमार्जन गर्ने घोषणा गरेको छ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
‘गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैलीको परिमार्जन गरिनेछ,’ उनले भने।
विमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बिमाबोर्डको पुनःसंरचना गरिने साथै बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारबाट उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरु बीमामा जोडिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।