काठमाडौं–सरकारले आगामी वर्षका लागि सरकारको झण्डै एक दर्जन प्राथमिकता निर्धारण गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधभन गर्दै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो।
यस अनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन्।
१. संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद ।
२. संविधान संशोधन ।
३. राजनीतिक स्थायित्व र नििीतगत स्थिरता ।
४. विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण ।
५. आयोजनाको समय तालिका निर्माण गरिने। सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज।
६. विद्यालय शिक्षाको चुनौती समाधान। उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार।
७. युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन–जीलाई प्राथमिकता ।
८. स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार ।
९. स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना ।
१०. कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय ।
११. अनावश्यक संरचना खारेज ।
१२ फेसलेस र अनलाइन सेवाको विस्तार ।
१३. सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।