काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
सो क्रममा उनले आगामी आवमा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गरिने बताएका हुन्।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए।
विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसदको अवधि भित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे।
निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै आयोजनालाई स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गर्ने घोषणा उनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।