काठमाडौँ–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग सकिएको बताएका छन्।
शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत् ७५ पेजको श्वेतपत्र सार्वजनिक गरेका छन्।
उनले प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२ को फाल्गुन मसान्तसम्म ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए।
उनले वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावण देखि चैत्रसम्मको तथ्याङ्कको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको जनाए। उनले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताए।
उनले उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट कि.मि. प्रसारण लाइन तथा १३,७५४ एम.भी.ए. सबस्टेसन सञ्चालनमा रहेको बताए। उनले २,१२९ सर्किट कि.मि. प्रसारण लाइन तथा ६,६६९ एम.भी.ए. सबस्टेसन निर्माणाधीन रहेको बताए। उनले अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट कि.मि. सञ्चालनमा रहेका छन्।
त्यस्तै,निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोडको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको बताए।
उनका अनुसार श्वेतपत्र गत १५ गते सञ्चालक समितिबाट पारित भएको थियो। प्राधिकरणले अहिलेसम्म भएका कामकारबाहीको वर्तमान अवस्था र भावी योजनाका विषयमा श्वेतपत्र जारी गरिएको बताए।
उनले उक्त श्वेतपत्र कार्यसम्पादनको मूल्याङ्कन सहयोग हुने विश्वास रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।