काठामाडौं–भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ।
एक प्रेस नोट जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ।
विदेश मन्त्रालयले यो विषयमा ओडिसा राज्य सरकारसँग निरन्तर संवाद गरिरहेको प्रेस नोटमा उल्लेख छ।
‘ओडिसा राज्य सरकारले मृतकका परिवारलाई पूरा सहयोग गरिरहेका छन् र घटनाका विषयमा ओडिसा प्रहरीले व्यापक छानबिन गरिरहेको छ,’ प्रेस नोटमा भनिएको छ।
भारतको सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सुरक्षा र व्यवस्थापनलाई गम्भीरतापूर्वक लिने मनत्रालयको भनाइ छ।
मन्त्रालय भन्छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकारका साथै केआईआईटी व्यवस्थापनसँग यो विषयलाई लिएर निरन्तर सम्पर्क र समन्वय गरिरहेका छन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।