काठमाडौँ – सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताएका छन्।
बिहीवार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताए।
उनले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको उल्लेख गरे।
उनले अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको जिकिर गरे।
उनले विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रवन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।