काठमाडौं – सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।
नेपाल शिक्षक महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आकस्मिक आन्तरिक छलफलमा जुटेका हुन् ।
सरकारसँग ९ बुँदे सहमतिपछि महासंघले आज बैठक आह्वान गरेको थियो । त्यहिबेला सरकारसँग भएको सहमतिबाट असन्तुष्ट पक्षले बैठक हलमै विवाद गरेका हुन्।
बैठक स्थलमा विवाद भएपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले बैठक बोलाएको हो। रत्न राज्य स्कुलमै उनीहरू छलफलमा जुटेका हुन् ।
परिषद्ले सरकारसँगको सहमति नमान्ने घोषणा गरेको छ। आफ्ना मागहरू सम्बोधन गर्न सहमति नगरेको भन्दै परिषद्ले सरकारसँगको सहमति अस्वीकार गरेको हो ।
केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए ।
आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।