काठमाडौं–राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
यसअघि प्राधिकरणको अध्यक्षमा तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल रहेका थिए। उनको अवकाश भएपछि प्राधिकरणमा अध्यक्ष रिक्त रहेको थियो। उक्त पदमा सहकारी मन्त्रालयले सचिव शर्मालाई नियुक्त गरेको हो।
प्राधिकरणका प्रवक्ता रबिन ढकालका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शर्मालाई अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन्। शर्माले बुधवारबाटै प्राधिकरणको जिम्मेवारी सम्हालेका छन् ।
शर्माले बुधवार नै आफ्नो अध्यक्षतामा बैठक समेत राखिसकेका छन्। उक्त बैठकले प्राधिकरणको काम, कर्तव्य सक्रिय रूपमा कार्यान्वयन गर्ने र सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरू यथाशीघ्र स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।