काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ ।
कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न जारी भएकाे पत्र आधिकारिक नभएको दाबी गर्दै यसअघि पठाएकाे पत्र आधिकारिक नभएकाे भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएको हो ।
साथै, पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।
पत्रमा भनिएको छ, ’अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’
त्यस्तै अदालतल कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई अनधिकृत पत्र लेख्ने शाखा अधिकृतमाथि कारबाही प्रक्रिया सुरु भइरहेको जनाएको छ । अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।