काठमाडौँ – सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ। शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो। मलाई विश्वास छ। शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।