काठमाडौं – चैत्र २० गते देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन झनै चर्कीदै गएको छ । शिक्षकहरुले आफ्नो माग पुरा नभए सम्म कुनै पनि हालतमा आन्दोलन नरोक्ने बताएका छन् ।
यसैबिच शिक्षक र शिक्षा मन्त्री रघुजी पन्तबिच सोमबार दिनभर र मध्यरातसम्म छलफल भए पनि निश्कर्षमा पुग्न सकेको छैन् ।
मन्त्रालयका अनुसार वार्ता आज दिउँसो पनि हुँदैछ । शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताएका छन् भने शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनलाई थप चर्काउन अपिल गरेका छन् । यद्दपी वर्ता आज टुंग्याउने गरी काम अघि बढेको शिक्षा मन्त्रालयले जानकारी दिर्एको छ ।
आन्दोलनरत शिक्षकहरुले आजै गठबन्धनका मुख्य दल कांग्रेस–एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको बताइएको छ । तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।