काठमाडौं –नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । सोमबार २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको र अझै थप शसक्त रुपमा लाग्ने बताएका छन् ।
‘यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्, गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्,’ उनले भने ।
अध्यक्ष सुवेदीले आइतबार प्रहरीले आन्दोलनमा बर्बरताको पराकाष्ठा देखाएको बताए । शिक्षकहरु घाइते भए पनि कोही खुट्टा खोच्याउँदै र कोही टाउकोमा बाँधेर आन्दोलनको मोर्चामा आएको बताए ।
साथै उनले केही अफवाहहरु सिर्जना भएको, निश्चित मान्छेहरु संगठित भएर आन्दोलनलाई विभाजन गर्न अनेक थरि कुप्रचार गरिरहेको आरोप समेत लगाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।