धनगढी – अछामको साँफेबगर हाटबजारमा भएको आगलागीबाट १० वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । जिल्लाका साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार बिहान आगलागी भएको हो । आगलागीबाट होटल, मासुपसल लगायत १० पसल जलेर नष्ट भएका छ्न् ।
सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । एउटा पसलमा बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाइ छ । क्षतिको विवरण र आगलागीको कारणबारे प्रहरीले घटना स्थलमा अध्ययन गरिरहेको जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।