काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) सामान्य अंकले घटेको छ । आइतबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि उति नै कायम रहेको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।