काठमाडौँ –नेपाली बजारमा आज सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार (आज) नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार सुन एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको थियो । आज तोलामा ८०० रुपैयाँ बढेको हो ।
त्यस्तै चाँदी आज दुई हजार ४५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।